लोकसेवा आयोगले सार्वजनिक गर्यो कार्यतालिका, अब यसरी हुने छ छनौट

काठमाडौं, असार ३० । लोक सेवा आयोगले नयाँ कर्मचारी भर्ना गर्न आगामी आर्थिक वर्षका लागि वार्षिक कार्यतालिका शुक्रबार सार्वजनिक गरेको छ ।

लोकसेवाले आर्थिक बर्ष २०७४/७५ का लागि पहिलो चरणमा निजामति र दोस्रो चरणमा सुरक्षा निकायतर्फ कर्मचारी भर्ना गर्ने गरि कार्यतालिका सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको कार्यतालिमा नयाँ भर्ना, आन्तरिक प्रतिस्पर्धा र बढुवा लागि छुट्टाछुट्टै समय निर्धारण गरिएको छ ।

लोक सेवाले आफ्नो बार्षिक कार्य लालिका अनुसार उक्त कार्य तालिका प्रकाशन गरेको जनाएको छ । संसदमा कर्मचारी समायोजन विधेयक पेश भइसकेको अवस्थामा पनि लोक सेवाले नियमित प्रक्रिया अनुसार कार्यतालिका प्रकाशन गरेको हो ।

 

कमेन्ट गर्नुहोस्