प्रचण्ड काठमाडौं फर्किए लगत्तै मन्त्रिपरिषद् विस्तार

काठमाडौं, असार ३१ । नेकपा माअाेवादीका अध्यक्षा प्रचण्ड काठमाडौं फर्किए लगत्तै मन्त्रिपरिषद् विस्तार हुने भएकाे छ । संविधान संशोधन प्रस्ताव तत्काल अघि नबढ्ने भएपछि प्रधानमन्त्री शेर बहादुर देउवा मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा जुटेका हुन् ।

देउवाले आगामी सोमबारसम्म मन्त्रिपरिषद विस्तार गर्नेगरी गृहकार्य थालेको देउवानिकट स्रोतले जनाएको नागरिकमा खबर छ । स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्ड बैंककबाट फर्केलगत्तै मन्त्रिपरिषद विस्तारबारे कुराकानी गर्ने भएका छन् । प्रचण्ड अाजै काठमाडौं फर्कने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्