एमाले केन्द्रीय सदस्यकाे दादागिरी ! प्रहरीमाथि हातपात

बाजुरा, असार ३१ ।  नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाको नेतृत्वमा गएको समूहले अदालतको सुरक्षामा खटिएका प्रहरी जवानमाथि हातपात गरेको छ । मुख्य निर्वाचन कार्यालय मार्तडीको सुरक्षार्थ खटिएको बेला उनीमाथि हातपात भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्रोतले बताएको छ ।

आजको नेपाल समाचारपत्रमा खबर छ– हातपात भएका प्रहरी सामान्य घाइते छन् । नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापा आफैं उनीमाथि जाइलागेको प्रत्यक्षदर्शीले बताएका छन्् ।

बूढीगंगा नगर कार्यसमितिका लागि नेपाली कांग्रेसले बूढीगंगा नगरपालिका नगर सदस्यका लागि दलित समावेशी कोटाबाट नन्दलाल विक र जनजाति कोटाबाट मंगल थापाको मनोनयन दर्ता गरेको थियो ।

विक सप्रोस नेपालको जागिरे र थापा जनजाति नभएको भन्दै एमालेले उनीमाथि दाबी विरोध गरेको थियो ।

कमेन्ट गर्नुहोस्