यस्तो आत्माघाती राजनीतिले को बाँच्न सक्ला ?

गुल्मीमा सामाजिक सञ्जालमार्फत छताछुल्ल पारिएको एक अडियो काण्डले धेरैलाई चिन्तित बनाएको छ । फोन र फेसवुक भन्ने प्रविधि आत्माघाती बम जस्तै बन्ने हो कि भन्ने यहाँका बुद्धिजीवीहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

फोन जस्तो कुरा हरेक व्यक्तिको नितान्त गोपनियताको अधिकारसंग जोडिएको चिज हो । कसैको कल रेकर्ड सार्वजानिक गर्दै जाने हो भने अब कुनै न कुनै मानिस आत्माहत्यासमेत गर्न सक्छ सजिलै जो कोही चरित्र हत्या गर्दै समाजको होनाहार व्यक्तिको भविश्य पनि चकनाचुर हुन जान्छ ।

प्रेम सुनार

चुनाव ताकाको फोन रेकर्ड कै कुरा गर्ने हो भने यो हिजो बाहिरा आएको काण्ड भन्दा डर लाग्दा घटना समेत बाहिर आउन सक्छन् । चुनावताका आफ्नो पक्षमा मत ल्याउनका लागि व्यक्तिगत भेटमा होस वा फोनमा प्रलोभन दिने कुरामा कुनै दलका कुनै नेता चुकेका छैनन् भन्दा फरक नपर्ला । एक चोटी स्वस्थ प्रतिष्पर्धाको राजनीति गर्न रुचाउनेहरुले गम्भीर भएर सोच्ने बेला आएको छ । यति हिजोको प्रबृद्धिलाई बढवा दिँदै जाने हो भने कुनै न कुनै दिन तपाईमाथि पनि फोन र फेसबुक आत्माघाती वम बनेर पड्कीन सक्छ । त्यसले तपाईको राजनैतिक जिवन ध्वस्थ हुन पनि सक्छ ।

हिजो नेकपा एमालेका एक जना नेताले २५ हजार दिएको र थप एक लाख दिने फोन रेकर्ड जुन बाहिर आएको छ त्यो सुनियोजित रुपमा फसाउन खोजिएको प्रष्ट बुझ्न सकिन्छ ।

पैसा लिन नचाहेकै भए किन वार्गेनिङ्ग गर्ने ? यदि त्यो कल रेकर्ड उनै नेताको हो भने पनि उनले सुरुमा नजिकको साथी भाईको नाताले कार्यापालिकाको चुनावमा सहयोग गरी दिन आग्रह गरेका छन् । तब जवाफमा पैसा कै वार्गेनिङ्ग स्वयम ति कांग्रेसजनले गर्न थालेका छन् । ‘म मात्र होईन, मेरो मान्छे अरु पनि धेरै छन्’ उनले भन्नु वार्गेनिङ्ग पक्कै हो । यदि उनलाई पैसाको प्रलोभनमा पर्नु थिएन र अस्वस्थ राजनीति गर्नु नै थिएन भने बोलाएको भनिएको ठाउँमा उनी पैसा लिन किन गए ? यति ठूलो अडियो काण्ड बाहिर ल्याउन सक्नेले त्यो पैसा दिएको हो भन्ने ठाउँमा रङ्गे हात तस्वीर खिच्ने व्यवस्था किन मिलाउन सकेन ?

चुनावमा किन्न चाहनेसंग बेचिन को चाहेको छ ? त्यसै अडियो रेकर्डले बताउँछ । कतिसम्म आत्माघाती खेल खेलिएको छ, एउटै पेटको दाजु भाई जस्तो भएर आन्तरिक भलाकुसारी गर्ने, पछि गएर त्यहीँ डर लाग्दो राजनीति गर्ने । यस्तै गर्ने हो भने अब पालैपालो सबै नेताहरुको चरित्र नास र बनिवास हुनसक्छ ।

स्वस्थ प्रतिष्पर्धात्मक राजनीतिमा अहिले यस्तो कु–संस्कारको विकासलाई बढवा दिइएको चुनावको मुखमा आएर गुल्मीको रुरुबाट दिईयो । एउटा सुन्दर राजनीति भविष्य बोकेको २७ वर्षिय युवा यदु ज्ञवालीलाई ६ वर्ष पुरानो कुनै युवतीसंग गरेको हेलो हाईको विषय उठाएर ठूलो तसामा बनाइयो ।

हाल बद्नाम गराउन खोजिएका ती एमाले नेतालाई कल रेकर्डबाट होईन उनले त्यो २५ हजार दिएकै भए तस्वीर नै खिच्ने व्यवस्था मिलाएर फसाउन सकिन्थ्यो । जबकी उनी आफैले पैसा लिन बोलाएको भनेपछि उनलाई रङ्गे हात फसाउने ठूलो मौका मिलेकै थियो । तर ति कांग्रेसजने ताप्केको माछो फुत्काएर कुराँ हात लगाएका छन् ।

उनलाई चुनावमा जित हारको भन्दा पनि चरित्र हत्याको पिडाले मानसिक रुपमा निकै थला पा¥यो । कल रेकर्ड खोज्दै जाने हो भने यो देशका सडक मजदुरदेखि सदनसम्मका अधिकांश मानिस डर लाग्दा यौन काण्डमा फस्न सक्छन् । यौनिक मामिलामा प्रायः दुधले नुहाएका भेटिँदैनन् । त्यस्तै आर्थिक चलखेलको कल रेकर्ड खोज्ने हो भने ठूला ठूला नेता र मन्त्रीहरु करोडौंको वार्गेनिक गरिरहेको पाईने छ ।

हाल बद्नाम गराउन खोजिएका ती एमाले नेतालाई कल रेकर्डबाट होईन उनले त्यो २५ हजार दिएकै भए तस्वीर नै खिच्ने व्यवस्था मिलाएर फसाउन सकिन्थ्यो । जबकी उनी आफैले पैसा लिन बोलाएको भनेपछि उनलाई रङ्गे हात फसाउने ठूलो मौका मिलेकै थियो । तर ति कांग्रेसजने ताप्केको माछो फुत्काएर कुराँ हात लगाएका छन् ।

उनले इमानको राजनीति गर्न खोजेको भए पैसाको प्रलोभन देखाउने ति एमालेका नेतालाई फोनमै झपार्न सक्नु पर्ने हो ।

‘के ठान्नु भएको छ, के दलितहरु भेंडा बाख्रा हुन् र तपाइका यी पैसामा विक्री हुनलाई ?’ जस्ता शब्दको त्यो कल रेकर्ड हुन्थ्यो भने उनले फसाउन खोजेको बाजी पक्कै मार्ने थिए । सत्य तथ्य के हो ? भोली छानविन गरेपछि बाहिर आउला । तर हिजो कांग्रेसजनको पत्रकार सम्मेलनमै गरिएको एमाले नेताप्रतिको यस्तो अस्वभाविक आरोपको खण्डन गर्नै पर्छ ।

‘के ठान्नु भएको छ, के दलितहरु भेंडा बाख्रा हुन् र तपाइका यी पैसामा विक्री हुनलाई ?’ जस्ता शब्दको त्यो कल रेकर्ड हुन्थ्यो भने उनले फसाउन खोजेको बाजी पक्कै मार्ने थिए ।

जुन एमाले नेतालाई फोन काण्डको आरोप लगाइएको छ उनी एमालेभित्र मात्र नभई जिल्लाकै सबै राजनीतिक दलहरुबीचका प्रखर नेता हुन् । बौद्धिकताका धनी, स्पष्टवक्ता तथा विपक्षीलाई चिर्न सक्ने क्षमता भएकाले पनि विपक्षीहरुले उनीमाथि इश्र्या गर्नु स्वभाविकै हो । स्थानीय तहको चुनावताका उनले आफ्नो वस्तीबाट ठूलो संख्यामा कांग्रेसका कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराउन सफल भएकाले पनि उनीमाथि कुनै न कुनै प्रकारको एम्बुस थापिँदै छ भन्ने सहजै अड्कन काट्न सकिन्थो स्रोत भन्छ । नभन्दै फोन सेकर्ड जस्तो व्यक्तिको नितान्त गोपनियताको हकको प्रवाह नगरी उनीमाथि आत्मघाती वमको रुपमा प्रहार गरियो ।

फोन रेकर्ड काण्डकै कुरा गर्ने हो भने रामकुमारी झाँक्री काण्डले पनि उनको राजनैतिक भविश्यमा निकै असर गर्ने हो कि भन्ने चिन्ता बढेको छ ।

यसर्थ सत्यको राजनैतिक गरौं । प्रतिवाद गर्नु नै छ भने मानविय संवेदनालाई ख्याल गरेर मात्र गरौं । जालझेल षडयन्त्रको राजनीति गर्ने नै हो भने हामीले भयङकर डरलाग्दा र जोखिम युक्त राजनैतिक यात्रामा छौं भनेर बुझ्न जरुरी छ ।

आज एउटा विपक्ष राजनैतिक दलको सहकर्मीको छातीमा बजारिएको त्यो फेशबुक र फोन रेकर्डको आत्माघाती वम भोली तपाईको छातिमा पनि बज्रिन सक्छ । यसले अब कसैको पनि भविश्य सुरक्षित छैन् । मानविय स्वभाव न हो जो कोही फोनमा आफूले नजिक बनाएका मानिसहरुसंग जस्तो पनि बोलिन्छ । त्यसरी फोन रेकर्डलाई हतियार बनाउने हो भने जो जसले प्रयोग गरेरै भए पनि जो कोहीको जिवन ध्वस्त पार्न सकिन्छ । यस प्रति सवै गम्भीर बन्नुपर्ने बेला आएको छ ।

कमेन्ट गर्नुहोस्