लामो दूरीको सवारीसाधनले चक्रपथमा यात्रु खोज्न थाले पाँच हजार जरिमाना

काठमाडौं, असार ३१ । नयाँ बसपार्कबाट छुटेका सवारीले जोरपाटी र कोटेश्वर हुँदै कलंकी आए ५ हजार रुपैयाँसम्म जरिवाना तिर्नु पर्ने छ । भालि साउन १ गतेदेखि लागु हुने गरी बसपार्कबाट छुटेका बस यात्रु खोज्न चक्रपथ परिक्रमा गरेमा उनीहरुलाई पाँच हजारसम्मको जरिमाना हुने भएको छ ।

यात्रु खोज्न घुमेर आवत–जावत गर्दा ट्राफिक जामको समस्या बढाएको ट्राफिक प्रहरीको निश्कर्ष छ ।

अब उपत्यकाभन्दा बाहिरबाट आएका सवारीसाधन कलंकीबाट सिधा नयाँबसपार्क आउनुपर्ने र नयाँ बसपार्कबाट बाहिर जाने सवारीसाधन कलंकीबाट सिधा बाहिरिनुपर्ने व्यवस्था गरिएको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेका अनुसार लामो दूरीका सवारीसाधन यात्रु लिएर उपत्यकाका विभिन्न स्थानमा लैजाने तथा ल्याउने गरेपछि ठाउँ–ठाउँमा जाम हुने समस्या बढेकाले यो ब्यवस्था गरिएको हो ।

कमेन्ट गर्नुहोस्