असाममा बाढीका कारण ५२ जनाको मृत्यु, लाखौ प्रभावित

असार ३१ । भारतको उत्तरपूर्वी राज्य असाममा भारी वर्षा पछि आएको बाढीका कारण ५२ जनाको मृत्यु भएको छ भने लाखौं मानिस प्रभावित भएका छन् ।

असामका ३३ ओटा जिल्लामध्ये हाल २६ जिल्लामा बाढीको प्रभाव रहेको छ । असामका बाढी प्रभावित क्षेत्रका २९ हजार व्यक्ति १ सय २३ ओटा शिविरमा बसोवास गर्दै आएका छन् ।

आवासीय इलाकाबाहेकका राष्ट्रिय पार्क र बन्यजन्तुको आश्रयस्थलसमेतमा पनि सो बाढीको पानीले जलमग्न भएको खबरहरुमा जनाइएको छ ।

प्रकोपको कारण ३२ ओटा बन्यजन्तुसमेत मरेका सरकारद्वारा सञ्चालित ‘अल इन्डिया रेडियो’लाई उद्धृतगर्दै सरकारी अधिकारीले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्