किन परेनन् ११ एआईजी बढुवा सिफारिसमा नवराज सिलवाल

काठमाडौं, असार ३१ । गृह मन्त्रालयले ११ प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको छ । तर त्यसमा प्रहरी महानिरीक्षकका दावेदार समेत रहेर चर्चित डीआईजी नवराज सिलवाल परेका छैनन् ।

बढुवा सिफारिस समितिले एआईजीमा बढुवा गर्न सिफारिस गरेकाहरुमा बमबहादुर भण्डारी र जयबहादुर चन्द छन् । प्रचण्ड सरकारले सुरुमा चन्दलाई प्रहरी प्रमुख बनाएको थियो । । तर, आईजीपीका दाबेदार नवराज सिलवालले दायर गरेको रिटमा सर्वोच्चले उनको नियुक्ति खारेज गरेपछि सरकारले प्रकाश अर्याललाई आईजीपीमा बढुवा गरेको छ । त्यसविरुद्ध पनि सिलवाल अदालत गए । यो मुद्दा अझै विचाराधीन छ ।

भण्डारीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी र चन्दलाई लागू औषध नियन्त्रण ब्यूरो प्रमुख सिफारिस गरिएको छ । यस्तै आईजीपीका लागि सिफारिस भएकाहरुमा देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्त, कमल सिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट रहेका छन् ।

कमेन्ट गर्नुहोस्