सिलवालको मुद्दा विचाराधीन रहेकोले एआइजीमा बढ़ुवा नगरेको गृहको दावी

काठमाँडौ, असार ३१ ।

सरकारले वरीयताक्रममा  अगाडी रहेका डिआइजी नवराज सिलवाललाई अदालतमा सिलवाल स्वयम्ले दायर गरेको आइजीपी सम्बन्धी मुद्दा विचाराधीन रहेको कारण बढ़ुवा नगरेको दावी गरेको छ ।

देउवा सरकारले कार्यसम्पादन मूल्याँकनको आधारमा आज ११ जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) हरुलाई एआइजीमा बढ़ुवा गरेको थियो ।

गृह मंत्रालय श्रोतले दिएको जानकारी अनुसार, aआईजीपी नियुक्ति सम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दाको अंतिम फ़ैसला नभएकोले ऊनी बाहेक का ११ जना डिआइजी हरुलाई एआइजी मा बढ़ुवा गरिएको हो ।

डिआइजी सिलवालले आफुलाई प्रहरीमहानिरीक्षकमा नियुक्त गरीनु पर्ने माग सहित सरकारको निर्णयविरुद्द सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए ।

सरकारले भने सिलवालले झूटो बिबरण बनाएको प्रमाण अदालतमा पेश गरेको थियो ।

“उनले आफ़ैले आइजीपी हुन पाऊँ भनेर मुद्दा दर्ता गरेका छन । मुद्दा खारेज भएको छैन । अदालतको फ़ैसला न आइ उनिलाइ कसारि बढ़ुवा गर्न मिल्छ ?” गृह श्रोतले भन्यो ।

श्रोतका अनुसार, एआइजीमा बढ़ुवाका बिषयमा प्रधानमंत्री देउवा, सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गृह मन्त्री जनार्दन शर्मवीच छलफल भएपछि अन्तिम सूची तयार भएको थियो । प्रहरी नियमावली र अन्य कानूनी पक्षको  समीक्षा पछि सिलवाललाई तत्कालका लागि बढ़ुवा गर्न  भएपछि सरकारले ११ जनालाई बढ़ुवा गर्ने निर्णय गरेको थियो ।

आज बढ़ुवा भएकाहरू

 

कमेन्ट गर्नुहोस्