स्वास्थ्य केन्द्रको ट्वाइलेटमा कण्डम बक्स

प्युठान, साउन १ ।

कण्डमको प्रयोगमा व्यापकता ल्याउन प्युठानको खलंगास्थित प्राथमिक स्वास्थ्य केन्द्रले कन्डम बक्स नै शौचालयभित्रै राखेको छ । विद्यालय पुगेका युवाहरुले भित्रबाटै सुटुक्क कन्डम लैजान सकुन भनेर यस्तो जुक्ति निकालेको केन्द्रले जनाएको छ। केन्द्रको यो नयाँ प्रयासपछि अहिले कन्डमको खपत ह्वात्तै बढेको छ।

केन्द्रका प्रमुख सुवास पौडेलका अनुसार विगतमा फाट्टफुट्ट मात्र कन्डमको खपत हुन्थ्यो तर अहिले कन्डमको माग ह्वात्तै बढेको छ। उनका अनुसार अहिले मासिक ५÷६ सय कन्डम खपत भैरहेको छ।

यो सँगै छिमेकी मल्लारानी गाउँपालिकासहित प्युठान नगरपालिकाको मरन्ठाना, ऐरावती गाउँपालिकाको रस्पुरकोटस्थित स्वास्थ्य संस्थाले पनि शौचालयमा कन्डम बक्स राख्न सुरु गरेका छन्।

स्वास्थ्यखबरमा प्रकाशित समाचार

कमेन्ट गर्नुहोस्