१० लाख बढीको कारोबार बैंकबाट नगरे कारवाही हुने

काठमाडौं, साउन १। तपाईं कुनै ठूलो आर्थिक कारोबार गर्दै हुनुहुन्छ रु यदि हुनुहन्छ भने आजदेखि नगदमा गर्न पाइँदैन । १० लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबार गर्दै हुनुहन्छ भने नगदमा नगर्नूस् ।
आजको कान्तिपुरमा खबर छ– नगदमा कारोबार गरेको भेटिए तपाईंलाई सम्पत्ति शुद्धीकरण निवारण एन २०६४ अनुसार कारबाही हुन सक्छ ।
‘१० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्नुछ भने बैंकिङ प्रणालीबाटै गर्नुपर्ने व्यवस्था गरेका छौं,’ सम्पत्ति शुद्धीकरण विभागका एक अधिकारीले भने, ‘अर्थ मन्त्रालय र राष्ट्र बैंकले छलफल गरी यसबारे राजपत्रमा सूचना प्रकाशित गरी कानुनसरह बनाइसकेकाले अब यस विरुद्धमा गए कारबाही हुनेछ ।’

कमेन्ट गर्नुहोस्