सिलिगुडी तेल डिपोमा भयङ्कर आगलागी

सिलिगुडी । गोर्खाल्याण्ड आन्दोलनको रापले तातेको पश्चिम बंगालको सिलिगुडीमा भयंकर आगलागी भएको छ।

सिलिगुडीमा रहेको इण्डियन आयल कर्पोरेशन लिमिटेडको डिपोमा गएराती आगो लागेको हो ।

प्रहरीले आगलागीमा मानवीय क्षति भने नभएको जनाएको छ । आगो लागेको कारण अझै थाहा हुन सकेको छैन ।

प्राथमिक जाँचका आधारमा आगो लाग्दा डिपोमा चार वटा ट्यांकर रहेको खुलेको छ । दुईवटामा लागेको आगो भने नियन्त्रणमा आएको थियो ।

कमेन्ट गर्नुहोस्