प्रचण्ड आज स्वदेश फर्किंदै, यसै साता मन्त्रीपरिषद बिस्तार

काठमाडौं, साउन १ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदैछन् ।

पत्नी सीता दाहालको उपचारका लागि थाइल्याण्डको बैंकक गएका प्रचण्ड आज स्वदेश फर्किन लागेका हुन ।

उनी आज थाई एयरवेजको विमानबाट फर्किन लागेको सचिवालयले जनाएको छ ।

प्रचण्ड फर्केलगत्तै प्रधानमन्त्री देउवाले सरकार विस्तार गर्ने बताइएको छ । सरकार बिस्तारका लागि राप्रपा, संघीय समाजवादी फोरम र अन्य साना दलसँग अनौपचारिक छलफल भएपनि कसले कुन मन्त्रालय पाउने भन्ने कुरा टुंगिएको छैन ।

प्रधानमन्त्री सचिवालयका अनुसार, प्रचण्ड फर्केपछि प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल हुने छ । यो छलफलका आधारमा माओवादील र कांग्रेसका मन्त्रालयका साथै अन्य दललाई कुन मन्त्रालय दिने टुंगो लाग्ने छ ।

सोमबारदेखि भने प्रचण्ड पार्टीको आन्तरिक बैठकमा सहभागी हुने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्