कोरियामा रहेका ४५ हजार नेपाली हर्षित, १६ प्रतिशतले बढ्यो तलब

काठमाडौं, दक्षिण कोरियामा कार्यरत पैतालिस हजार नेपालीहरुलाई खुशीको खबर छ ।

दक्षिण कोरियामा रहेका कामदारको तलबमा १६ दशमलव ४ प्रतिशतले बृद्धि हुने भएपछि नेपालीहरु हर्षित हुने अवस्था सिर्जना भएको हो ।

कोरिया सरकारले सन् २०१८ लागि इपिएस लगायत सम्पूर्ण कामदारको तलब १६.४ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो ।

अब नेपालीहरुले मासिकरुपमा झण्डै एक लाख ४२ हजार सात सय ४७ नेपाली रुपैया पाउन सक्ने भएका छन् ।
सन् २०१८का लागि तलब तोक्न गत तीन महिनादेखि मजदुर, कम्पनी व्यवस्थापन र सरकारी प्रतिनिधीबीच बैठक बस्दै आएपनि शनिवार राती मात्रै सहमति जुटेको हो ।

यो सहमति अनुसार, आगामी अगस्तदेखि ज्यालाले कानुनी रुप पाउने छ । यसबारेमा संसदमा समेत छलफल हुने बताइएको छ । यसअघि राष्ट्रपति मून जे इनले आफ्नो पाँच वर्षे कार्यकाल अर्थात सन् २०२२ सम्म प्रतिघण्टा दश हजार वोन पुर्‍याउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्