चीनमा एक भवनमा आगलागी, २२ को मृत्यु

साउन १ । चीनको पूर्वी प्रान्त जियाङ्सुको म्यानजिङमा आइतबार भएको आगलागीका कारण २२ जनाको ज्यान गएको छ ।

उक्त प्रान्तको एक आवासीय भवनमा आइतबार अकस्मात आगो लागेको र दमकल एवम् अग्नि नियन्त्रणमा काम गर्ने उद्वारकर्ताहरुले गरेको प्रयासका बाबजुत पनि त्यतिधेरै नागरिकको ज्यान गएको बताएका छन् ।

उनीहरुले आइतबार बिहान सबेरै करिब साढे चार बजेतिर दुई तले सो आवासीय भवनमा आगलागी सुरु भएको बताएका छन् । अागलागीबाट २२ जनाकाे ज्यान गइसकेकाे प्रहरीले बताएका छन् ।

यासुङ् बजारमा रहेको सो घरमा भएको आगलागीको उद्वारका लागि छोटै समयमा नै उद्वारकर्ताहरु पुगेपनि धेरैको आगोमा निसास्सिएर ज्यान गएको बताइएको छ ।

प्रहरीले सो आगलागीमा परेका दुई जना गम्भीर रुपमा घाइते भएका जनाएको छ । अहिले आगो नियन्त्रणमा आइसकेको छ । आगोका कारण के कति क्षति भएभन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको अधिकारीहरुले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्