तीर्थयात्री बोकेको बस भीरबाट खस्यो, १० को मृत्यु, दर्जनौं घाइते

जम्मु, साउन १ । भारतको कश्मिरमा अमरनाथ यात्रीहरुको बस भीरबाट खस्दा ठूलो दुर्घटना भएको छ । यात्रुहरुलाई बोकेर गइरहेको बस जम्मु श्रीनगर राजमार्गको बनिहाल नजिक दुर्घटनाग्रस्त भएको थियो । घटनामा १० जना मारिएको समाचार छ ।
बसमा कति जना यात्रु थिए भन्ने कुरा खुलेको छैन । यसअघि एक अन्य बसमा सवार यात्रुहरुमाथि आतंककारीहरुले अनन्तनागमा आक्रमण गरेका थिए । उक्त घटनामा सात जना श्रद्दालुहरुको मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्