चीनको धम्की भारतलाई– सेना फिर्ता बोलाउ, नत्र जे पनि हुन सक्छ

काठमाडौं, साउन १ । सिक्किमको विवादित क्षेत्रबाट तत्काल सेना फिर्ता बोलाउन चीनले भारतलाई चेतावनी दिएको छ । चिनियाँ सरकारी पत्र सिन्व्हाले एक समाचार प्रकाशित गर्दै भारतलाई सुध्रिन भनेको हो । भारतले अटेरी गरि नै रहे भविष्यमा लज्जाष्पद अवस्था आउन सक्ने चेतावनी समेत सिन्व्हाले दिएको छ ।

यो सँगै चीनले कुटनीतिकरुपमा लद्दाख र कश्मिरको कुरा समेत उठाएको छ । कश्मिरमा भारतले त्यहाँ जनतालाई जनमतसंग्रह मार्फत पाकिस्तानमा रहने या भारतमा रहने भन्ने विषयमा निर्णय गर्न दिएको छैन ।

सिक्किम र चीनसँग जोडिएको सीमा क्षेत्रमा भारतीय सैनिकहरु प्रवेश गरेपछि चीनले व्यापक सुरक्षा तैनाथ गरेको छ । भारतले भने यस विषयमा हिजो शनिबार सर्वदलीय बैठकको आयोजना गर्दै विदेश मन्त्रालयका प्रवक्ता अजित डोभाललाई चीनसँग वार्ता गर्न दूतका रुपमा नियुक्त गरेको थियो ।

उता चीनले ने भारतले सेना फिर्ता नबोलाएसम्म वार्ताको कुनै सम्भावना नरहेको बताएको छ । चीनले सन् १९६२ को जस्तो हार बेहोर्नुपर्ने चेतावनी दिँदै तत्काल अर्काको सीमामा गरेको अतिक्रमण रोक्न चेतावनी दिएको हो ।

कमेन्ट गर्नुहोस्