योजना बनाउन मेयर गाउँगाउँमा

हेमन्त के सी
जाजरकोट, साउन १ । चुनावको समयमा प्रतिवद्धता पत्रमा उल्लेख गरेका योजनाहरु छनोट गर्न त्रिवेणी नलगाड नगरपालिकाका मेयर गाउँगाउँमा पुगेका छन् । स्थानीयस्तरबाट जनतालाई चाहिएको ठोस योजना वनाउन मेयर टेकवहादुर रावल गाउँगाउँमा पुगेका हुन् ।

साविकका ४ गाविसलाई मिलाएर त्रिवेणी नलगाड नपा बनाएपछि भुभाग पनि ठुलो भएको छ । धेरै सम्भावना बोेकेको नपा मध्य यो एक नम्वरमा पर्दछ । योजना डुव्लिकेशन हुँन नदिन र काम नगरि खाने प्रवृती विरुद्ध मेयर रावल दुढ भएर लागेका छन् । विगतका योजनाहरु कडाईका साथ अनुगमण गर्नुका साथै अब बन्ने योजना बस्तुवादी बनाउन उनी सल्लाह माग्दै गाउँ गाउँमा पुगेका हुँन् । जिल्लाका सवै नपा र गापामा परिषद सम्पन्न भएपनि यहाँको त्रिवेणी नलगाडमा भने मेयर आफै गाउँमा गई योजना छान्न थालेपछि साउन ७ गतेलाई बैठक सारिएको छ । वडा अध्यक्षलाई साथमा लिएर गाउँगाउँमा पुग्दा जनताहरु अनौठो मान्ने गरेका छन् ।

योजना बनाउदा अपनाउनु पर्ने विधि प्रकृया र चरणका विषयमा सवै जनता र जनप्रतिनीधिलाई बुझाउन साउन २ गतेदेखि विज्ञ बोलाएर प्रशिक्षण सञ्चालन गर्न लागिएको मेयर रावलले बताए । आजसम्म नेताले टिपाएकै भरमा योजना बनाउदै आएकोमा त्यसलाई निरुतसाहित गर्नका लागि योजना जनताकै बीचबाट आउनु पर्ने उनको भनाई छ ।

नगरपालिकामा इन्टरनेट विस्तारका लागि र सुचनाको प्रभावकारी विस्तारका लागि सञ्चारमन्त्रालयलाई पत्राचार भईसकेको उनले वताए । नलगाड जलविद्युत आयोजना (४१० मेघावाट ) तासुँगाड जलविद्युत आयोजना (४ मेघावाट ) यही नपा क्षेत्रमा पर्दछन् ।

कमेन्ट गर्नुहोस्