कुचो लिएर सरसफाइमा नगरप्रमुख

जाजरकोट, साउन १ । त्रिवेणी नलगाड नगरपालिकालाई सफा र सुन्दर बनाउन नगरप्रमुख टेकबहादुर रावल आफै दैनिक बिहान बजार क्षेत्र कुचो समातेर सरसफाई जुटेका छन् ।

हरेक दिन बिहान नगरप्रमुखको नेतृत्वमा  नपाका दल्ली, कालीमटी ,बगारालगायका मुख्य बजारमा सरसफाई हुँदै आएको छ । जथाभावी फोहोर फाल्नेलाई पहिलो पटक सम्झाउने, दोस्रो पटक नमानेमा जरिमाना गर्ने लगाएका कारबाही हुने गरेको मेयर रावलले बताए् ।

सम्वृद्धी र विकास खोज्न बाहिर जानु पदैन,आफैबाट सुरु गर्नुपर्छ भन्दै यहाँको नगरपालिकाले त्यसको अगुवाई गरेको नपाका कार्यक्रारी प्रमूख सुरेन्द्र सिंहले बताए ।

दैनिक मेयर र कर्मचारीहरु कुची समातेर सडक, बजारमा सरसफाईमा व्यस्त देख्दा स्थानीयहरु पनि स्वतस्र्फुत तरिकाले सरसफाई अभियानमा सहभागी हुने गरेका छन् । अहिले बजारमा प्लास्टिक लगायत अन्य फोहोर वस्तु कसैले पनि जथाभावी फाल्न बन्द गरेको कार्यकारी प्रमुख सिंहले बताए ।

‘हामी हाम्रो नपाबाट अरुले सिकुन भन्ने चाहान्छौँ’ सिंहले भने । त्यस्तै भेरी नपाले बातावरण हराभरा बनाउन अभियान थाल्ने भएको छ । राजनीतिमा आउनु अघि शिक्षक र जनसरकार प्रमूख भइसकेका रावल अत्यन्त महेनती र मिलनसार व्यक्ति हुन ।

कमेन्ट गर्नुहोस्