सुरक्षा भत्ता होम डेलिभरी गर्ने इटहरी मेयरको घोषणा

इटहरी, साउन १ । इटहरी उपमहानगरपालिकाका मेयर र उपमेयरले पदभार ग्रहण गर्दै पहिलो बोर्ड बैठकबाट सुरक्षा भत्ता होम डेलिभरी गर्ने घोषणा गरेका छन् ।

मेयर द्वारिकलाल चौधरीको अध्यक्षमा बसेको बोर्ड बैठकले इटहरीबासीको गुनासो सुन्न हेलो मेयर कार्यक्रम संचालन गर्ने निर्णय पनि गरेको छ । सिंहदरबारको हेलो सरकार कार्यक्रम अलपत्र परिरहेको बेला इटहरीमा ‘हेलो मेयर’ कार्यक्रम संचालन गर्ने निर्णय गरिएकोे छ ।

पहिलो बैठकले इटहरीका विभिन्न वार्डमा हरेक महिना सफाई अभियान चलाउन, एक महिनाभित्र घुम्ती शौचालय सञ्चालन गर्ने, बढी यात्रु आवागमन हुने र पर्यटक आवगमन हुने स्थानमा फ्रि वाईफाई जोन बनाउने लगायतका लोकप्रिय निर्णय पनि गरेको छ ।

कमेन्ट गर्नुहोस्