गुल्मीमा रित्तियो नयाँशक्ति, केन्द्रदेखि जिल्ला नेता माओवादी केन्द्रमा

गुल्मी, साउन १ । केन्द्रदेखि जिल्लासम्मको नेता र कार्यकर्ताहरु माओवादी केन्द्रमा गएपछि गुल्मीमा नयाँशक्ति पार्टी रित्तिएको  छ । लामो समयदेखि माओवादी केन्द्रसंग पार्टी एकताका लागि भएको छलफलले आज औपचारिक रुप लिएको हो ।

नयाँशक्तिका केन्द्रीय सदस्यद्वयः चन्द्र बिश्वकर्मा र कविता विश्वकर्माले जिल्लाका सम्पुर्ण कार्यकर्तासहित माओवादी केन्द्रसंग पार्टी एकताको घोषणा गरेका हुन् ।

नयाँशक्ति नेपाल गुल्मीका जिल्ला संयोजक मनिराम ज्ञवाली सहितका दर्जनौ नेता कार्यकर्ता माओवादी केन्द्रसंग पार्टी एकता गरे लगत्तै नयाँशक्तिका दुई केन्द्रीय सदस्यले पनि आज पार्टी एकताको घोषणा गरेका छन् ।

श्रावण २९ गते माओवादी केन्द्रका पोलिटव्युरो सदस्य सुुदर्शन वराल, जिल्ला सह–ईञ्चार्ज निमबहादुर पाण्डे र केन्द्रिय सदस्यद्धयः बिश्वकर्माको हस्ताक्षर सहित गरिएको पार्टी एकताको सहमति पत्र आज मात्रै सो पार्टीले सार्वजानिक गरेको हो ।

केही साथीहरुको पदिय हैसियतबारे छलफल चलाईएको र केहि साथीहरुसंग सहमति लिन बाँकी रहेकोले आज टुङ्गोमा पुगेर सार्वाजानिक गरिएको पोलिटव्युरो सदस्य वरालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्