सेटिङ मार्फत भिजिट भिसामा आएर अलपत्र परेकालाई कानुनि सहयोग गर्न सकिन्न- नेपाली दूतावास, युएइ

सुसान आचार्य /युएइ
सरकारले बन्द गरेको युएइको भिजिट भिसामा अबैधानिक रूपमा सेटिङ मिलाइ विभिन्न ट्राभल्स तथा मेनपावर बाट आइ अलपत्र परेका लाई कानुनी सहयोग गर्न नसकिने जानकारी नेपाली दूतावास युएइले दिइएको छ ।

नेपाल बाट दलालले विभिन्न प्रलोभनमा पारी मोटो रकम लियर भिजिटमा युएइ पठाउने र युएइ आयपछी काम सङ्गै खान र बस्न नपायर धेरै नेपाली अलपत्र परेपछि नेपाल सरकारले केहि समय अघि देखि निश्चित प्रक्रिया नपुगेका लाई युएइको भिजिटमा जान बन्द गर्न घोषणा गरेको थियो ।

सरकारले युएइको भिजिट भिसामा आउने लाई बन्द गर्न भने पनि विभिन्न ट्राभल्स तथा मेनपावरले सेटिङ मिलाइ युएइ पठाउन नरोकिएको र सयौ नेपाली अहिले पनि अलपत्र अबस्थामा रहेको भन्दै यसरी आउने लाई दूतावासले कानुनी सहयोग गर्न नसक्ने  नेपाली दूतावास युएइका लेबर काउंसिलर भेष बहादुर कार्किले जानकारी  दिए ।

फोन सम्पर्कमा कार्कीले दिएको जानकारी अनुसार दिन दिनै अलपत्र परेका नेपालीहरुका धेरै गुनासो र उजुरी आउने गरेको र दूतावासले सकेसम्म एजेन्ट सङ सम्पर्क गरि नेपाल फर्काउन पहल गर्न गरेको भय पनि कानुनी रूपमा लागत फिर्ता गराइ छेतिपुर्ती दिलाउन भने नसकिने प्रष्ट पारेका छन ।

काठमाडौको ठमेल स्थित अर्थ लाइन ट्राभल्स एन्ड टुर्स बाट युएइ आइ अलपत्र परेका २० जना नेपालीले एक हप्ता अघिनै दूतावासमा उद्दारका लागि पहल गर्न निवेदन दियको भय कुनै काम नभए पछी आज दूतावास पुगेका पीडित नेपालीका सामु कार्कीले कानुनी सहयोग नहुने बतायका हुन ।

“माथी बाट नै हामीलाई भिजिटमा आउने लाई प्रोत्साहन हुन्छ कानुनी सहयोग गर्न सकिदैन भन्ने कुरा छ” तर दूतावासले मानवीय रूपमा सकेसम्म पीडित लाई नेपाल फर्काउन पहल गर्छ भन्दै यहाँ रहेका दलाललाई पनि कारबाही गर्न नसकिने बतायका छन ।
केहि समय अघि मात्रै आफैले अलपत्र बनाइ राखेका नेपाली माथी कुटपिट गर्दै अपसब्द र गाली गलोज गर्न तथा ज्यान मार्न धम्कि दियका साजन पान्डे उर्फ प्रेम पान्डे लाई समेत हाल सम्म दूतावास युएइले कुनै कारबाही गर्न सकेको छैन ।

कमेन्ट गर्नुहोस्