माओवादी प्रदेश–२ को निर्वाचन रणनीति बनाउँदै, यस्ताे छ जित्ने आधार

काठमाडौं,  साउन २ ।  असोज २ मा हुने स्थानीय तहको निर्वाचनको लागि माओवादी केन्द्रले तयारी थालेको छ । तेस्रो चरणको निर्वाचन रणनीति बनाउन माओवादीले २ साउनमा केन्द्रीय सचिवालय बैठक बोलाएको छ।

बैठकमा पहिलो र दोस्रो चरणको निर्वाचन समीक्षा, आगामी निर्वाचन रणनीति र सांगाठनिक संरचनाका विष्यमा छलफल गर्ने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । ‘केन्द्रीय सचिवालय बैठकको तयारीमा छौं,’ उनले भनिन्, ‘बैठकपछि मात्र उम्मेद्वारी छनोटलगायत निर्वाचनका गतिविधि बढाउँछौं ।’नयाँ पत्रिकामा खबर छ ।

प्रशिक्षण चलाइने 

माओवादीले सबै शक्ति प्रदेश–२ मा लगाउने तयारी गरेको छ । बैठकपछि मधेसको मत आफ्नो पक्षमा पार्न नेतृत्वसहित नेता तथा कार्यकर्ता मधेसमा खटिने प्रदेश–२ का इन्चार्ज मात्रिका यादवले जानकारी दिए । उनका अनुसार साउन दोस्रो सातादेखि मधेसमा प्रशिक्षण चलाइनेछ । निर्वाचन प्रचारप्रसारलाई तीव्र पारिने नेता मणि थापाले बताए ।

जित्ने आधार 

माओवादीले मधेसमा जित्ने आधार धेरै बलियो रहेको भुसालले बताइन् । पार्टी एकतापछि माओवादी अरु पार्टीभन्दा बलियो भएकाले निर्वाचनमा राम्रो परिणम आउने उनको अपेक्षा छ । मधेसका मुद्दामा माओवादीको सद्भाव भएकाले मधेसी जनता आफ्नो पक्षमा आउने यादवले बताए ।

कमेन्ट गर्नुहोस्