नयाँ शक्तिको नाम र आधारभूत सिद्धान्तमै विवाद किँन ?

काठमाडौं , साउन २  । नयाँ शक्तिको नाम र आधारभूत सिद्धान्तकै विषयमा विवाद हुन थालेको छ । स्थानीय तह निर्वाचनमा सोचेजस्तो परिणाम नआएपछि नाम फेर्न केही नेता सक्रिय भएका छन् । फरक पृष्ठभूमिबाट आएका नेता तथा कार्यकर्ता आ–आफ्नो ढंगले विचार राखिरहेका छन् ।

प्रवक्ता खिमलाल देवकोटाका अनुसार निर्वाचनपछिको समीक्षा, पार्टीको नाम, सिद्धान्त र सांगठनिक संरचनाका विषयमा छलफल गर्न ९ र १० साउनमा केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । ११ र १२ गते संघीय परिषद्को बैठकसमेत बोलाइएको छ। पार्टीको नाम, सांगठनिक संरचना र सिद्धान्तको विषयमा गम्भीर छलफल हुने उनले जनाए । कतिपय नेताले पाटीृको नाम फेर्न छलफल अगाडि बढाएको उनले स्वीकार गरे ।

नयाँ शक्तिमा पूर्व माओवादी, अन्य दलबाट निराश भएर आएका नेता–कार्यकर्ता, विकासे संघसंस्थामा काम गरेका र प्रशासन क्षेत्रबाट निवृत्तभरण भएकाको बाहुल्य छ । जनतामा पाटीृको नाम बिम्बका रुपमा बस्न नसकेपछि फेर्नुपर्ने अवस्था आएको नेता गंगानारायण श्रेष्ठको तर्क छ । ‘प्रजातन्त्रवादीभन्दा कांग्रेसको बिम्ब आउँछ, कम्युनिष्टभन्दा एमाले वा माओवादीको बिम्ब आउँछ,! उनले भने, ‘तर, नयाँ शक्तिभन्दा कुनै किसिमको बिम्ब आउँदैन, त्यसैले पार्टीको नाम फेर्नुपर्छ ।’

नयाँ शक्तिले पाँच ‘स’लाई आधारभूत सिद्धान्त बनाएको छ । जसमा समतामूलक समृद्धि, समावेशी समानुपातिक सहभागितामूलक लोकतन्त्र, सुशासन सदाचार, स्वाधीनता, सार्वभौमिकता र समुन्नत समाजवाद छन् , नयाँ पत्रिकामा खबर छ।

छलफलमा तीनवटा नाम 

कतिपय नेता पार्टीको नाम फेर्न अनौपचारिक छलफलमै लागेका छन् । वाम लोकतान्त्रिक पार्टी, नयाँ समाजवादी पाटी र समुन्नत समाजवादी पार्टीबारे अनौपचारिक छलफल भएको छ । छलफलमा सहभागी नेताहरुले नयाँ शक्ति कहिलेसम्म भन्ने प्रश्न उठाएका छन् ।

कमेन्ट गर्नुहोस्