Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ए उत्पीडित जातीहरु !

बिकास गायक

ए उत्पीडित जातीहरु !

तिम्रा गन्तब्य एउटै हुन् भने

घन्काउ बिद्रोहको स्वर

एक भै, तब न गुन्जिन्छ तिम्रा स्वरहरु

 

ए उत्पीडित जातीहरु !

तिम्रा भोगाइ एउटै हुन् भने

दन्काउ आगो समानताको एक भै,

तब न सुनिन्छ तिम्रा शब्दहरु

 

ए उत्पीडित जातीहरु !

तिम्रा पिडा एउटै हुन् भने

बाल राँको न्यायको एक भै,

तब न उज्यालिन्छ तिम्रा मुहारहरु

 

ए उत्पीडित जातीहरु !

तिम्रा बाटो एउटै हुन् भने

फुक बिगुल चेतनाको एक भै,

तब न ठाडिन्छ तिम्रा शिरहरु

कमेन्ट गर्नुहोस्

%d bloggers like this: