गोपालप्रसाद पराजुलीले प्रधानन्यायाधीशको सपथ ग्रहण गर्दै

काठमाडौं, साउन २ । गोपालप्रसाद पराजुलीले सोमबार प्रधानन्यायाधीशको सपथ ग्रहण गर्दै छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नियुक्तिसँगै उनले पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालय शितलनिवासमा हुने कार्यक्रममा सपथपछि पराजुलीले सोमबार नै सर्वोच्च अदालतमा पदवहाली गर्नेघन । संसदीय सुनुवाईका क्रममा पराजुलीले आइतबार न्याय क्षेत्र सुधारका लागि ३९ बुँदे कार्यायोजना प्रस्तुत गर्दै न्यायालयलाई निष्पक्ष र छिटो कार्यसम्पादन गर्ने थलोका रुपमा विकास गर्ने बताएका थिए  ।

याे पनि पढ्नुस  ‘अब प्रधान न्यायाधीश पराजुलीको पद के हुन्छ ?’

त्यसअघि कानून ब्यवसायी रहेका पराजुली २०४७ सालमा पुनरावेदनको अस्थायी न्यायाधीशका रुपमा न्याय सेवामा प्रवेश गरेका हुन् । उनीले आउदो वैशाख १५ गते प्रधानन्यायाधीशबाट अवकास पाउनेछन् ।

कमेन्ट गर्नुहोस्