साउन महिनालाई विकृति नभएर आस्थाका रुपमा मनाऔँ

इभा राजवाहक

साउन महिनालाई हरियाली महिना भनेर पनि चिन्ने गरिन्छ । यो समय प्राकृतिकरुपमै पनि हरियो देखिन्छ । परम्परागत शैलीमा हिन्दू महिलाहरु सोमबारको दिन हातभरि हरियो, रातो र पहेँलोको मिश्रण गरेको चुरा र पोते, मेहेँन्दी लगाई व्रत बसी विभिन्न शिवधाममा गई पुजाआजा गर्ने गर्दछ ।

यतिबेला आन्तरिक तथा बाह्य भक्तजनहरुको शिवमन्दिरहरुमा घुइँचो लाग्ने गर्दछन् । हिन्दू धर्मावलम्बीहरु सबै बोलबम जाने, सुन्दरीजलमा नुहाईधुहाई गरी जल लिएर श्री पशुपतिनाथ तथा गोकर्णेश्वर, धनेश्वर, डोलेश्वर, आशापुरी, साँगा महादेव आदि मन्दिरहरुमा आन्तरिक तथा बाह्यदेखि आउने भक्तजनहरुको निकै घुइँचो लाग्ने गर्दछन् । यसकारणले विभिन्न मन्दिरहरुमा सुरक्षाकर्मीहरु खटाई कडा सुरक्षाको व्यवस्था गरिएको पाइन्छ । यसो गर्नाले आफ्नो मनोकामना पूर्ण हुने भक्तजनहरुको जनआस्था रहेको छ ।

विवाहित तथा अविवाहित महिलाहरुको रुचीअनुसार नै बजारमा चुरा, पोते र मेहेँन्दीको माग बढिरहेको छ । हुन त यो एउटा फेशन जस्तो पनि भइसकेको छ । बाटोमा, सुपरमार्केटमा मेहेँन्दी लगाउनेहरुको बढी घुइँचो देख्ने गरिन्छ । यसबेला चुरा, पोते र मेहेँन्दीको कारण आम्दानीको स्रोत बन्न पुगेको छ । यो समय अरु महिनाभन्दा भिन्नै देखिन्छ । किनभने अरु बेला महिला पाइन्ट वा स्कर्टहरुमा देखिने गरिन्छ भने यो महिना महिलाहरु हरियो कुर्ता, सारीमा देख्न पाइन्छ ।

त्यसैले कुनै पनि परम्परालाई फेसनको रुपमा नभई आस्था र विश्वासका रुपमा साउन महिनालाई मनाउने गरौं । देखासिकी गरेर भन्दा पनि यो साउन महिनाको अर्थ बुझेर मात्र यी कुराहरु लगाउनु उपयुक्त मानिन्छ ।

कमेन्ट गर्नुहोस्