काठमाडौं, साउन २ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले वेपत्ता आयोग गठन गरेपनि आवश्यक कानूनको अभावमा पीडितले न्याय पाउन नसकेको बताएका छन् ।
राजधानीमा सोमबार आयोजित अन्तर्राष्ट्रिय न्याय दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले कानून अभावमा न्याय सम्पादनमा ढिलाई भईरहेको बताए ।
पूर्व प्रधानन्याधीशसमेत रहेका शर्माले छिटै ऐन बनाएर द्वन्द्व पीडित र वेपत्ता पारिएका व्यक्तिका परिवारलाई न्याय दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका हुन ।
आयोगमा दर्ता भएका द्वन्द्व पीडितहरुको मुद्दालाई आर्थिक प्रलोभनमा परेर सल्टाउने खेलमा सरकार लागेको पनि उनको आरोप छ ।