भारतपुर प्रकरण : अर्को सुनुवाई साउन ८ मा

काठमाडौं, साउन २ । पटक–पटक पेशी तोकिएर सर्दै आएको भरतपुर प्रकरणमा आज सुनुवाई सुरु भएपनि फेरि एकसातालाई सरेको छ ।

न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा आज सुनुवाई सुरु भएको थियो । तर रिट निवेदकका तर्फबाट अधिवक्ता टिकाराम भट्टराईले मात्र बहस गर्न भ्याए ।

बहस नसकिएका र न्यायाधीश भण्डारी उपचारका लागि अमेरिका जानुपर्ने भएकाले सुनुवाई साउन ८ सम्मका लागि स्थगित गरिएको हो ।

कमेन्ट गर्नुहोस्