भोज भतेरको रकम विद्यालयलाइ सहयोग

प्रेम सुनार
गुल्मी, साउन २ । गुल्मीको रेसुंगा नगरपालिका–७ का वडाध्यक्ष मोहनप्रसाद पाण्डेले भोज भतेरमा गरिने अनावश्यक खर्चलाई बिद्यालयको अक्ष्यकोषमा राख्ने निर्णय गरेका छन् ।

सोमबार बडाध्यक्ष पाण्डेले वडामा रहेका तीनवटा प्राथमिक बिद्यालयमा १५/१५ हजारका दरले कोषस्थापना गरेका हुन् । उनले नवज्योति प्रावि नेटा, अर्जुन प्रावि कुँडापानी र सृजना प्रावि भुजेलखर्क रहेका छन् । सदरमुकाम नजिकै रहेपनि ती बिद्यालयहरु बत्ति मुनिको अध्याँरो जस्तै भैरहेका छन् ।

ती विद्यालयहरुमा गरिव र बिपन्न परिवारका थुप्रै विद्याथीएहरुले अध्ययन गर्दछन् । ‘पहिलेबाटै विद्यालय र विद्यार्थीका समस्यासंग नजिक थिए,’ पाण्डेले भने, ‘यो व्यतिmगत सानो सहयोग हो, जनप्रतिनिधीको हिसावले धेरै गर्नेछु ।’

उनले आगामी दिनमा त्यस्ता गरिव तथा जेहेन्दार बिद्यार्थी र बिद्यालयहरुको उन्नती र प्रगतीका लागि सवै निकाय र सरोकारवालासंग योजनाबद्ध रुपमा लाग्ने बताए ।

पाण्डेले ती बिद्यालयमा अध्ययन गर्ने बालबालिकाको लागि भनेर ‘यमकान्त मनकली पाण्डे गरिव तथा जेहेन्दार छात्रवृती अक्ष्यकोष’ आफ्ना माता पिताका नाममा स्थापना गरेका छन् । कोषलाई बढाउँदै लैजाने र त्यसको व्याजबाट बिपन्न बिद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिने पाण्डेले बताए । कुनै सरकारी सुविधा नखाने बताएका उनले केहि समय अगाडी आफुले पाएको सरकारी भत्ता समेत कृषकलाई प्रदान गरेका थिए ।

अक्ष्यकोषको चेक बुझ्रदै नवज्योति प्राविका प्रध्यानाध्यापक गोकर्ण फुल्देलले पैसाको मुल्य भन्दा हिम्मत र हौसला नै प्रमुख कुरा भएको बताए । त्यस्तै सृजना प्रावि भुजेलखर्कका शिक्षक चन्द्र चुँदराले यो सहयोग दलित समुदायका बालबालिकाको हित र भविष्यको लागि एउटा इटा बन्ने अपेक्षा व्यक्त गरे ।

वडाध्यक्ष पाण्डेय सहित सवै जनप्रतिनिधीहरुलाई नवज्योेति प्राविमा स्वागत तथा अभिनन्दन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्