सेती नदीले बगाउँदा तीनजना बेपत्ता, बचाउन गएका पनि बगे

कास्की, साउन ३ । कास्कीको पोखरा स्थित सेती नदीले बगाउँदा १८ बर्षीया संगीता नेपाली, ध्वनी नेपाली र सुनील परियार बेपत्ता भएका छन् । पोखरा(लेखनाथ महानगरपालिका वडा नम्बर ३३ पशुपतिघाटमा नुहाउने क्रममा बगेर उनीहरु बेपत्ता भएका हुन् ।

सुरुमा नदीमा पसेकी संगीता बगेपछि बचाउन गएका सुनील र ध्वनीलाई पनि नदीले बगाएको होे । उनीहरुको खोजी कार्य विहानैदेखि सुरु गरिएको प्रहरीले जनाएको छ ।

दाङको साविक ताप्रे गाविस–७ घर भई पशुपतिघाटमा मजदुरी गर्दै आएका संगीता , ध्वनी र सुनील बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्