मिस ब्युटि क्विन नेपाल २०१७ को ट्यालेन्ट शो सम्पन्न

एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरेको ‘मिस ब्युटी क्विन नेपाल २०१७’ को प्रि–जज राउण्ड (ट्यालेन्ट शो) सम्पन्न भएको छ । ‘मिस ब्युटि क्विन नेपाल २०१७! को लागि देशका विभिन्न भागबाट सहभागिता जनाउन आएका प्रतियोगीहरु राजधानीको सि.डब्लु. रेस्टुरेन्टमा विभिन्न प्रतिभाका साथ ट्यालेन्ट सोमा उत्रिए । प्रतियोगीहरुले नाच, गीत, एक्टिङ, कविता, अभिव्यक्ति लगायतका प्रतिभा प्रस्तुत गरेका थिए ।

मिस ब्युटी क्विन नेपाल २०१७ को ग्रान्ड फिनाले भने आउँदो बिहीबार राष्ट्रिय नाचघर, जमलमा हुने आयोजकले जनाए ।

यसका साथसाथै आयोजकले प्रतियोगीहरुको अनलाईन भोटिङ पनि सुरु गरेको छ । नेपाली मोडलिङ पेशालाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउने उद्देश्यका साथ मोडलिङमा रमाएका वायसमा भविष्य खोज्ने युवतीहरूको प्रतिभा निखार्दै पेशा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गर्न लागिएको सौन्दर्य प्रतियोगिताको प्रतिस्पर्धीहरुलाई अफिसियल मिडिया आर्टिस्ट नेपालको अफिसियल फेसबुक पेज एआरटीआईएसटी एनईपीएएल मागई आफुलाई मनपर्ने प्रतियोगीलाई पब्लिक च्वाईस अन्तर्गतको टाईटलको लागि भोट गर्न सकिने आयोजक कमल खतिवडाले बताएका छन् ।

‘मिस ब्युटी क्विन नेपाल २०१७’ सौन्दर्य प्रतियोगितामा ममता तमाङ, शर्मिला विश्वकर्मा, सुशिला श्रेष्ठ, म्यागीलामा, अन्जिलाआले मगर, इन्दिरा श्रेष्ठ, अन्जना केसी, कुमारी रमिला राई, एल्जिना राई, हेमकलानाल्बो, निमा शेर्पा, मनिषा थापा, मनिषा पाण्डे, जेविना लोहनी र श्रृजना खनालले प्रतिस्प्रर्धा गर्दैछन् ।

उक्त प्रतियोगिताको बिजेताले विज्ञापन, चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तर्वार्तामा समेत सहभागिता हुन पाउने छन् ।

मिस ब्युटी क्विन नेपाल २०१७ को लागि छानिएका प्रतियोगीहरुलाई मोडेल हिमानी सुब्बाले कोरियोग्राफी एवं प्रशिक्षण दिएकी छिन् । प्रतियोगिताको अन्तिम स्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, सञ्चार, कला, शैक्षिक भ्रमण, स्वास्थ्य शिविर, फोटोसेसन, महिला सशक्तीकरण, सामाजिक क्रियाकलाप, मेकअप, फेसन, प्रेरणा, नेतृत्व क्षमता, सामाजिक सञ्जालको सदुपयोगजस्ता विषयमा दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण प्रदान गरिएको कोरियोग्राफर हिमानी सुब्बाले जानकारी दिएकी छिन् ।

कमेन्ट गर्नुहोस्