साउन लाग्यो !

पुजा पराजुली

व्रत बसी नखाएकी, साउन लागेर हो
हातमा मेहेन्दी लगाएकी, साउन लागेर हो ।।

यसपालि त सुन्दिन्छन कि मेरो मनको कुरा
छमछम चुरा बजाएकी ,साउन लागेर हो ।।

पोहोर साल भाउजू आइन्, दिदीले नि भेना पाइन्
पालो गन्दै लजाएकी, साउन लागेर हो ।।

पाइन्छ रे मागेपछि, सोचेजस्तै राम्रो वर
भगवानलाई फकाएकी, साउन लागेर हो ।।

आफ्नो धर्म रितिरिवाज ,सबैभन्दा प्यारो हुन्छ
संकृतिलाई पछ्याएकी, साउन लागेर हो ।।

फेसबुकबाट साभार 

कमेन्ट गर्नुहोस्