सक्रान्ति मनाउने खान लिन गएका बिक श्रीमतिको झण्डै काल लिएर फर्किए

प्रेम सुनार

गुल्मी, साउन ३ । छिमेकी जिल्ला बाग्लुङ्गको निसीखोलामा आइतबार सबको घरमा साउने सक्रान्ति चाड लागेको थियो । निसीखोला गाउँपालिका–५ कटुवाल देराकी ईन्द्रमाया बिकले भने साउने संक्रान्ति मनाउने सरसमान किन्न हिडेका श्रीमान् ज्ञानबहादुर बिश्वकर्मा कतिबेला आउँछन र सपरिवार साउने संक्रान्ति मनाउला भन्दै श्रीमानका बाटो कुरेर बसेकी थिइन् । श्रीमान त फर्किए तर उनले कल्पना गरेजस्तो साउने संक्रान्ति बनेन उनको । मिठो आशमा बसेकी उनलाई श्रीमानले खानपिन ल्याउनुको सट्टा रक्सीले टिल परेर झण्डै उनको काल लिएर आए ।

घर आउन साथ २८ वर्षीय विकले एक्कासी श्रीमती इन्द्रमायाँलाई निर्घात कुटपीट गरी गम्भीर घाईते बनाएर फरार भए ।

मदिरा सेवन गरी मात्तिएका उनले अर्की श्रीमती ल्याउँछु भन्दै इन्द्रमायाँलाई हातपात गर्न थालेपछी बाहिर भाग्न लाग्दा घरको ढोका बन्द गरी श्रीमतीलाई निर्घात कुटपिट गरी अचेत बनाएको प्रत्यक्षदर्शील बताएका छन् ।

राति १० बजेको समयमा ईन्द्रमायाँ चिच्च्याएको आवाज सुनेपछी निज ज्ञान बहादुरकी भाई बुहारी अनिता बिश्वकर्मा आएर बचाएकी थिईन । उनले घाईते इन्द्रमायालाई बोकेर माइत पुराएको बताईन ।

आफनी बहिनी कुटिएको देखेपछी उनका दाजु ढालबहादुर बिश्वकर्माले स्थानीय भलादमी तथा जनप्रतिनिधि सुनिल बिक कहाँ उजुरी गर्न गएपछि सुनिल बिकले घरमा गएर खोज तलास गर्दा ज्ञानबहादुर बिक ४ वर्षकी जेठी छोरी लिएर एकाबिहानै फरार भैसकेका रहेछन् ।

जनप्रतिनिधि सुनिल बिकले ईन्डिया गएको हुन सक्ने आशङ्काले इलाका प्रहरी कार्यालय बुर्तिबाङमा फोन मार्फत खोजी गर्न र पक्राउ गर्न जानकारी गराएको बुझिएको छ ।

उता पीडित इन्द्रमाया बिकलाई अचेत अवस्थामा निसीस्थित विश्व मेडिकल हलमा उपचार गरिदै गरेको उनका दाइ ढालबहादुर विश्वकर्माले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्