बैतडी एमालेमा संकट, अन्तरघातको आरोपमा १७ नेता निष्काशित

बैतडी, साउन ३ – नेकपा एमाले बैतडीमा आरोप प्रत्यारोपको क्रमले नाटकीय मोड लिएको छ ।

स्थानीय तहको निर्वाचनमा अपेक्षित परिणाम आउन नसकेपछि जिल्ला नेतृत्वले अन्तरघात गरेको भन्दै १७ जनामाथि कारवाही अघि बढाएपछि पार्टीमा संकट देखा परेको हो ।

निर्वाचनको समीक्षा गर्न बसेको जिल्ला कमिटीको १९ औँ पूर्ण बैठकले जिल्ला कमिटी सदस्य नरेन्द्र भट्ट, प्रकाश सावद, जानकी भाट, भगिरथ कुँवर, राजेश्वरी कँुवर, कृष्ण सावद, प्रदिप बोहरा सुबोध, दल बहादुर ऐर, नागी धानुक, तस्बिर बोहरालाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ ।

यस्तै पूर्व अञ्चल सल्लाहकार सदस्य नरबहादुर विष्ट, पूर्व जिल्ला उपसचिव मोहन बराल, जिल्ला सल्लाहकार शंकरसिह भाट, पार्टी स्कुल विभाग सदस्य लोकराज भट्ट, अखिल नेपाल महिला संघका जिल्ला कोषाध्यक्ष चन्द्रकला सावद, जिल्ला सदस्य उत्तरा अवस्थी र शिक्षक संगठन सहसचिव गणेश बोहरालार्ई समेत कार्वाही गरिएको जिल्ला सचिव लिलाधर भट्टले बताए ।

कमेन्ट गर्नुहोस्