पुराना नोट साट्न समय दिन सकिन्न– भारत सरकार

नयाँ दिल्ली, भारतीय सरकारले पुराना नोट सटही गर्न थप समय उपलब्ध गराउन नसकिने जनाएको छ ।

भारतको सर्वोच्च अदालतले सरकारलाई पुराना नोट साट्न नसकेकाहरुलाई छोटो अवधि तोकेर मौका दिन भनेको थियो ।

अर्थ मन्त्रालयले सर्वोच्च अदालतलाई एक पत्र लेख्दै अब नोट साट्ने अवधि प्रदान गर्न नसकिने जनाएको हो । “त्यसो गरिएमा यसको दुरुपयोग हुने खतरा बढी हुन्छ” मन्त्रालयले स्पष्ट पारेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

गत जुलाई ४ मा सर्वोच्च अदालतले सरकारलाई केही समय उपलब्ध गराउनको लागि आग्रह गरेको थियो ।

गत वर्षको नोभेम्बर ८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५०० र १००० का नोटहरु साटेर नयाँ नोट लिन डिसेम्बर ३० सम्म समयसीमा बढाइएको थियो ।

कमेन्ट गर्नुहोस्