भेनेजुएलामाथि अमेरिकी हस्तक्षेप– संविधानसभाको चुनाव गराए कारवाही गर्ने चेतावनी

काठमाडौं, एजेन्सी । संसारभरिका देशहरुलाई लोकतन्त्रको ‘परिभाषा’ पढाउँदै आएको अमेरिकाले भेनेजुएलामा प्रत्यक्ष हस्तक्षेप गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाले संविधान पुनर्लेखनका लागि संविधान सभाको चुनाव गरे कडा कार्वाहीको धम्की दिएका छन् ।

सरकारविरोधी समूहहरुको संघर्षको प्रशंसा गर्दै राष्ट्रपति ट्रम्पले निर्वाचन गरे आर्थिक नाकाबन्दी लगाउने संकेत समेत गरे । भेनेजुएलामा वामपन्थी सरकारका विरुद्धमा अमेरिकी समर्थित विपक्षीहरुले प्रदर्शन जारी गरेका छन् । उनीहरुले संविधान सभाको निर्वाचनको समेत बिरोध गरेका छन् ।

राष्ट्रपति मडुरोलाई तानाशाह बन्ने सपना पालेका खराब नेताको संज्ञा दिँदै ट्रम्पले लोकतन्त्र, स्वतन्त्रता र विधिको शासनप्रतिको निष्ठालाई भेनेजुएलाले वेवास्ता गरिरहेको बताए ।

मडुरोले भने आफ्नो आन्तरिक मामिलामा अमेरिकी हस्तक्षेप कुन चाहिँ लोकतन्त्र र विधिको शासन हो भनी प्रश्न गरेका छन् ।

कमेन्ट गर्नुहोस्