इटहरीमा अग्नि ग्रुपको नयाँ शोरुम तथा सर्भिस सेन्टरको स्थापना

काठमाडौं, साउन ३ । महिन्द्राका युटिलिटि भेइकल्स तथा ट्राक्टरहरुको लागि अग्नि ग्रुपले आफ्नो क्षेत्रीय शाखा कार्यालय विराटनगर लाइन, ईटहरीमा शुभारम्भ गरेको छ ।

महिन्द्राका युटिलिटी भेइकल्स तथा ट्र्याक्टरहरुका लागि पूर्वाञ्चलमा स्थापना गरिएको सो शाखाले आफ्ना डिलर एवम् ग्राहकहरुलाई नजिक ल्याई सरल एवं सहज सुविधा प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

स्थापना गरिएको शोरुमबाट आफ्ना सम्पूर्ण रेन्जका टु ह्वीलर सवारी, सर्भिसिङ्ग तथा जेन्यून स्पेयर पार्ट उपलब्ध हुने छन् ।

इटहरीस्थित नयाँ क्षेत्रीय कार्यालय, शोरुम तथा सर्भिस सेन्टरले इटहरी तथा आसपासका वासिन्दाहरुलाई न्यूनतम मूल्यमा कम्पनीको गुणस्तरीय सेवा तथा सुविधा पाउने विश्वास कम्पनीले लिएको छ ।

शाखाको शुभारम्भ अग्नि ग्रुपका अध्यक्ष अर्जुन शर्माले साउन ३ गते गरेको थियो । अर्जुन शर्माले “कम्पनी केवल सवारी विक्री गर्न तर्फमात्र केन्द्रित नभई ग्राहमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टहरुको सर्वसुलभतातर्फ पनि विशेष ध्यान केन्द्र्रित रहेको कुरा” उल्लेख गरेको छ । चाहिएको बेला सर्वसुलभ तरिकाबाट समयमै ग्राहकरुलाई स्पेयरपार्टहरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु कम्पनीको प्रमुख उद्देश्य रहदैं आएको जानकारी दिए ।

अग्नि ग्रुपको बारेमा

सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुप प्रा.लि अन्तर्गत अग्नी इन्कर्पोरेटेड प्रा.लि., अग्नि इनर्जी प्रा.लि., अग्नि मोटोइन्क प्रा.लि., बालाजू अटो वक्र्स प्रा.लि.रहेका छन् । यी कम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्