जो ४० मिनेट मुटुको धड्कन बन्द भएर पनि बाँचे

एजेन्सी । जो कोहीले पनि ४० मिनेटसम्म सास नफेरी बाँचेको घटना सुन्दा नपत्याउन सक्छन् तर अमेरीकाको उत्तरी क्यारोलाइनामा एक व्यक्ति ४० मिनेटसम्म धडकन बन्द भएर पनि बाँच्न सफल भएका छन् ।

गत २६ जुनमा वर्षीय जोन आफ्नो घरमा ल्यापटपमा काम गरिरहेको बेला उनलाई हृदयघात कार्डियाक अरेस्ट वा मुटुको चाल बन्द भएर ढलेका थिए । भाग्वयवस ९११ मा फोन गरेपछि नजिकै रहेका दुई प्रहरी त्यहाँ एक मिनेट भित्र पुगेर उनलाई प्राथमिक उपचार सिपिआर दिन शुरु गरे । करिब ४२ मिनेटसम्म दुवै जनाले पालो पालो ओगबर्नलाई सामान्य स्थितिमा फर्काउन प्रयास गरेका हुन् । सामान्यतय आपत्कालिन सेवा दिनेहरुले २० मिनेटसम्म जीवनको संकेत नपाए सिपिआर दिन नपर्ने नियममा उल्लेख छ । तर, चार्लोटे–मेक्लेनबर्गका दुई प्रहरी अफिसर लरेन्स गुइलर र निकोलिना बाजिचले भने त्यसको वेवास्ता गर्दै ओगबर्नलाई बचाउन प्रयास जारी राखे जसको कारण उनको मुटुको धड्कन चल्न थालेको हो ।

ओगबर्नको मुटुको चाल पुनः शुरु भएपछि प्रहरीले उनलाई अस्पताल पुर्याएका थिए । त्यहाँ उनलाई मेडिकल्ली इन्डुस्ड कोमामा एक हप्तासम्म राखिएको थियो । उनलाई अब ६ महिनासम्म गाडी नचलाउन भनिएको छ । विस्तारै उनी सामान्य काममा फर्किन थालिसकेका छन् ।

हल्का छाती दुख्ने बाहेक ओगबर्न आफू अहिले ठीक भएको उनले बताएका छन् । ‘मेरो काम गर्ने शक्ति र जोश पहिलेजस्तो चाहीँ अलिक छैन सायद मेरो दैनिक कार्यतालिका परिवर्तन भएर पनि होला,’ उनी भन्छन् ।

खबरडबलीबाट

कमेन्ट गर्नुहोस्