प्रसबपीडा खेपिरहेकी महिलाको गृहमन्त्रीको निर्देशनमा हेलिकोप्टरबाट उद्दार

रोल्पा, साउन ३ । रोल्पाको थवाङ गाउँपालिका ३ झकेवाङकी बरमायाँ बिकको सुत्केरी ब्यथा लागेको लामो समयसम्म बच्चा जन्माउन नसकेपछि थप उपचारका लागि सेनाको हेलिकोप्टरमा काठमाडौं लगिएको छ ।

गृहमन्त्री जनार्दन शर्माको निर्देशनमा महिलाको उद्धार गरिएको हो । सुत्केरी ब्याथा लागेर थबाङको सामुदायिक अस्पताल पुगेकी बिक २४ घण्टा बितिसक्दा पनि बच्चा जन्मन नसकेपछि उनको ज्यान जोखिममा परेको थियो ।

उनीलाई सोमबार विहान सुत्केरी व्यथा लागेपछि ११ बजे थबाङकै सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो । मंगलबार विहानसम्म पनि बच्चा नजन्मीएपछि आमा र शिसु दुवैको जीवन जोखिमा परेको थियो ।

स्थानीयवासीले प्रमुख जिल्ला अधिकारीसँग अनुरोध गरेपछि प्रजिअले गृहमन्त्रालयमा जानकारी गराएपछि गृहमन्त्री शर्माको निर्देशनपछि उडान खर्च स्वास्थ्य कार्यालय र विरामीका आफन्तजनले ब्यहोर्ने गरी हेलिकोप्टरमा काठमाडौं लगिएको हो ।

कमेन्ट गर्नुहोस्