राप्रपामा चर्को मतभेद, आधा दर्जन बढी वरिष्ठ नेता बैठकमा अनुपस्थित

काठमाडौं, साउन ३ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको मंगलबार बसेको बैठकमा विरिष्ठ नेता द्वय लोकेन्द्रबहादुर चन्द र पशुपति शम्शेर राणासहितका नेताहरु सहभागी भएनन् ।

धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकमा अध्यक्ष कमल थापा र दीपक बोहोरालगायतका नेताहरु उपस्थित भए पनि हरिबहादुर बस्नेत, नवराज सुवेदी र बालाराम घर्ती मगर जस्ता नेताहरु सहभागी भएनन् ।

केन्द्रीय सदस्यहरुको मनोनयनलाई लिएर राणा समूह अध्यक्ष थापासँग आक्रोशित भएका छन । राप्रपाको कार्यासम्पादन समितिको बैठक केन्द्रीय समितिको बैठकको पूर्वासन्ध्यामा बसेको हो ।

कमेन्ट गर्नुहोस्