अरबमा पहिलोपटक नेपाली संस्थाले पायो बैधानिकता

युएइ, साउन ३ । लामो समयको प्रायसपछि अरब मुलुक युएइमा ‘हामी नेपाली एसोसियसन’ नामक सामाजिक संस्थाले कानुनी बैधानिकता पाएको छ ।

लामो समय देखि विभिन्न सस्थाले कानुनी रूपमा आफ्ना संस्थाहरुलार्इ दर्ता गराउने कोसिस गरे पनि यसअघि कुनै संस्थाले कानुनी वैधानिकता पाएका थिएनन । अन्तत बाहिर त्यति चर्चामा नआएको हामी नेपाली एसोसियसनले सामाजिक काम गर्न पाउने गरि युएइको कानुन बमोजिम अनुमतिपत्र (लाइसेन्स) पाएको हो ।

युएइका विभिन्न सहरमा कार्यरत नेपालीहरुले दशकौंदेखि नियमित जसो कार्यक्रम गर्दै आएका भएपनि यहाँको कानुनले ती सबैलाई अवैधानिक रूपमा लिदै आएको छ ।

नेपालीहरुले युएइमा झन्डै एकसय भन्दा बढी सामाजिक संस्थाहरु आफुखुसी सञ्लन गर्दै आएका भएपनि यहाँको कानुन बमोजिम दर्ता हुने सँस्थामा हामी नेपाली एसोसिएसन नै पहिलो हो ।

विभिन्न देशमा रहेका संस्था गैरआवसिय नेपाली संघ युएइ तथा युएइको सबैभन्दा पुरानो संस्था नेपाली समाज युएइ समेत दर्ता हुने प्रक्रियामा लागेको लामो समय बितिसक्दा पनि अहिलेसम्म दर्ता भएका छैनन ।

युएइ सरकारले यसअघिनै वैधानिकता नलियका कुनैपनि संस्थाले कार्यक्रम तथा क्रियाकलाप गर्न नपाउने भनी बताइ सकेको छ ।

लामो समयसम्म पनि कानुनी रुपमा कुनैपनि संस्था दर्ता हुन नसकिरहेको अबस्थामा DDA Group का प्रबन्धक डा. दिनेश आचार्यको सकृयतामा हामी नेपाली एसोसियसन दर्ता हुन सकेको हो ।

पहिलो पटक नेपालीहरुको सोसियल क्लब दर्ता गराउन पहल गरेकोमा युएइ बासी नेपालीहरुले डा.आचार्यलार्इ मुक्त कण्ठले प्रसंसा गरिरहेका छन् ।

साथै युएइमा रहेका अन्य (दर्ता नभएका) संस्थाका प्रमुखहरुसंग १९ जुलाई  बेलुकी ६.३० मा सुझाव संकलन कार्यक्रम आयोजना पनि गरेको छ ।

कमेन्ट गर्नुहोस्