५० शैयाको जिल्ला अस्पतालमा विरामी भुईमा उपचार गराउन बाध्य

प्रेम सुनार
गुल्मी, साउन ३ । गुल्मी जिल्ला अस्पताललाई सरकारले स्तर बृद्धि गर ५० शैयाको बनाउने घोषणा गरेको तीन वर्ष भयो । तर त्यो अहिलेसम्म घोषणा मै सिमित रहेको छ ।

तीन वर्ष अघि सरकारले देशभर रहेका मध्ये २२ वटा अस्पताललाई स्तरबृद्धि गर्ने निर्णय गरेको थियो जसमध्ये गुल्मी जिल्ला अस्पताल पनि परेको थियो ।

सरकाले ५० शैयाको घोषणा गरेपनि कार्यन्वयन नभएपछि विरामीको बढ्दो चाँपका कारण अस्पताल विकास समितिले आन्तरिक श्रोतबाट सकीनसकी ३० शैयाको बनाएको छ । ३० शैयाले पनि नपुगेर यति वेला विरामी बरण्डा र कोलियामा सुतेर उपचार गराई रहेका छन् ।

गुल्मी जिल्लावासी मात्र नभई छिमेकी जिल्ला वाग्लुङ्ग, अर्घाखाँची र प्युठानका नागरिकले पनि यो अस्पतालबाट उपचार सेवा लिदै आएका छन् ।

अस्पतालमा विगतको तुलनामा सेवाग्राहीको संख्या ह्वात्तै बढेको छ । दैनिक दुई सय जनासम्म विरामीको स्वास्थ्य परीक्षण रउपचार गरी रहेको त्यस अस्पतालमा यति वेला वर्षायाम सुरु भए लगत्तै ज्वरो , झाडावान्ताका विरामीहरुको चाँप बढेको छ ।

१६ जना चिकित्सकको दरवन्दी रहेको अस्पतालमा पाँच जना कार्यरत छन तर एक जना पनि विशेषज्ञ छैनन । त्यस अस्पतालका मेडिकल सुपरिटेण्डन डाक्टर श्यामकिशोर चौधरीका अनुसार १६ जना डाक्टरहरुको दरवन्दी रहेकोमा ११ जना डाक्टर सरकारले पठाएको छैन् । यहाँ सम्मकी एक जना विशेषज्ञ डाक्टर समेत सरकारले पठाएको छैन् । सरकारले जम्मा ४ जना मेडिकल अधिकृत स्तरका डाक्टर र एक जना डेन्टल सर्जन पठाएको छ ।

लामो सयमदेखि निक साईमन इन्सिच्युट काठमाडौंले पठाउँदै आएको एक जना विशेषज्ञ डाक्टर प्रकाश पुन मगर, मेडिकल अधिकृत डाक्टर अञ्जना सापकोटा , स्टाफ नर्स दुर्गा पातली र अनेसपोसिया असिस्टेन विरेन्द्र प्रसाद यादव कार्यरत छन । तिनै पाँच जना डाक्टरको भरमा अस्पताल चलेको छ ।

५० शैयाको अस्पताल घोषणा भए पनि त्यस अनुसारको औषधी उपचारका लागि न कुनै रकम, न भौतिक पुर्वधार र जनशक्ति सरकाले पठाएको मेडिकल सुपरिटेण्डन चौधरीले बताए ।

गत आर्थिक वर्षमा १५ लाख रुपैयाँ आएको र त्यसबाट औषधी पुराईएको डाक्टर चौधरीले जानकारी दिए । विरामी मात्र होईन त्यस अस्पतालमा प्रशुति सेवा लिन आउने महिलाहरुको संख्या पनि बढेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा झण्डै २ सय जनाले प्रशुति सेवा लिने महिलाको संख्या बढेको तथ्याङकले देखाएको छ ।

अघिल्लो आर्थिक वर्षमा साढे पाँच सय जतिले प्रसुती सेवा लिएकामा गत आर्थिक वर्षमा ७ सय ८० जना महिला त्यस अस्पतालमा सुत्केरी भएका छन् । टाढा टाढाबाट पनि यस अस्पतालमा महिलाहरु सुत्केरी गराउन आउने गरेको पाइएको छ ।

तीन वर्ष अघि ५० शैयाको घोषणा भएको् अस्पतालमा आवश्यक जनशक्ति, पुर्वधार र रकम विनियोजनमा सरकारको ध्यान जानु पर्नेमा डाक्टर चौधरीको जोड छ ।

कमेन्ट गर्नुहोस्