राजा संस्थाको माग गर्दै राप्रपा राष्ट्रवादीको राजधानीमा प्रदर्शन

काठमाडौं, साउन ३ । डा. प्रकाशचन्द्र लोहनीका नेतृत्वमा नबगठित एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले मंगलबार राजधानीमा संवैधानिक राजा संस्थाको माग गर्दै प्रदर्शन गरेको छ।

राष्ट्रवादीले हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था कायम गरौं र नेपाललाई भ्रष्टाचार मुक्त देश बनाअौं भन्ने नारा लागाउदै काठमाडौको माइतीघरमा प्रदर्शन गरेको हो।

प्रदर्शनमा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा लोहनी, वरिष्ठ नेता केशरबहादुर विष्ट सहभागी थिए।। देशलाई भ्रष्टाचार मुक्त गरौं र राजतन्त्र फर्काऔं भन्ने नारा लगाउँदै प्रदर्शनकारीले करिब एक घण्टा माइतीघरमा प्रदर्शन गरेका थिए।

कमेन्ट गर्नुहोस्