प्रधानमन्त्री र प्रचण्डबीच बालुवाटारमा बैठक, यस्तो भयो सहमती

काठमाडौं, साउन ३ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सम्पन्न भएको छ ।

मंगलबार साँझको बैठकमा सरकार सञ्चालन, मन्त्रालयको बाँडफाँड र मन्त्रिपरिषद बिस्तारका विषयमा कुराकानी भएको थियो ।

बैठकले थप छलफल गरेर छिट्टै मन्त्रिपरिषद बिस्तार गर्ने सहमती गरेको छ । बुधबार पुनः नेताहरुको बैठक बसी छलफललाई अन्तिम रुप दिइने नेता वर्षामान पुनले एभेष्टदैनिकलाई जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा, नेताहरु वर्षामान पुन, बिमलेन्द्र निधि र रमेश लेखक सहभागी थिए ।

कमेन्ट गर्नुहोस्