माओवादीलाई ९ र कांग्रेसलाई १३ मन्त्रालय, अाज राजपास‌ंग छलफल गर्ने

काठमाडौं, साउन ४ । सरकारको नेतृत्वकर्ता दल कांग्रेसले १३ र माओवादीले ९ मन्त्रालय लिने भएका छन् । सरकारमा सहभागिता र अन्य बिषयमा  कांग्रेस र माओवादीले अाज राष्ट्रिय जनता पार्टीका नेताहरुसँग छलफल गर्ने पनि तय भएको स्रोतले बताएको छ

माओवादीले गृह, परराष्ट्र र शहरी विकास मन्त्रालय लिइसकेको छ भने कांग्रेसले अर्थ र शिक्षा लिएको छ । मन्त्रालय बाँडफाँडबारे गृहकार्य गर्न बनेको कार्यदलका सदस्य रमेश लेखकले भने, ‘मन्त्रालय बाँडफाँड टुंगिएको छ ।’

कांग्रेस र माओवादीबीच अाज  पुनः छलफल गर्ने र मन्त्रिपरिषद विस्तारलाई अन्तिम रुप दिइने नेता वर्षामान पुनले जानकारी दिए ।

सत्तारुढ दुई दलबीच प्रेश र संसदको निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग गठन गर्ने सहमति भएको छ । प्रमुख विपक्षी एमालेको पनि राय लिएर आयोग गठन गरिने कांग्रेस नेता लेखकले बताएका छन् ।

 

कमेन्ट गर्नुहोस्