कांग्रेस, माओवादी केन्द्र र राजपाको बैठक बिहान ९ बजे

काठमाडौं, साउन ४ ।  नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी राजपाको बैठक बिहान ९ बजे बस्दै छ ।  बालुवाटारमा बस्ने बैठकमा सरकार विस्तार,   निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग गठन, संविधान संशोधन लगायतका बिषयमा  छलफल  हुने माओवादी अध्यक्ष प्रचण्डको निजि सचिवालयले जनाएको छ ।

यसअघि नै सरकारको नेतृत्वकर्ता दल कांग्रेसले १३ र माओवादीले ९ मन्त्रालय लिने सहमति गरिसकेका छन् । सत्तारुढ दुई दलबीच प्रदेश र संसदको निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग गठन गर्ने सहमति पनि भैसकेको छ ।

कमेन्ट गर्नुहोस्