जुवाखालबाट गायक बद्री पंगेनी पक्राउ

काठमाडौं, साउन ४। चर्चित लोकगायक बद्री पंगेनीलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार राति राजधानीको बाँसबारीस्थित एक घरमा प्रहरीले छापा मार्दा गायक पंगेनी पनि पक्राउ परेका हुन् ।

उक्त जुवाखालबाट ११ जना सहित नगद दुई लाख समेत बरामद भएको छ । गायक पंगेनी छुट्ने तयारीमा रहेकाले उनको बारेमा महाराजगन्ज प्रहरीलार्इ बुझ्न खाेज्दा प्रहरीले केही बोल्न चाहेन ।

कमेन्ट गर्नुहोस्