हराएको जोडी ७५ वर्षपछि हिउँमा पुरिएको अवस्थामा भेटियो

जेनेभा, दोश्रो विश्वयुद्दको बेला हराएको एक युगल जोडी हिउँमा पुरिएको अवस्थामा भेटिएको छ ।

सन् १९४२ को अगस्त १५ का दिन स्वीट्जरल्याण्डको एल्प्स पहाडमा बस्ने मार्केलिन र फ्रान्साइन डुमोलिन आफ्नै खेतबाट हराएका थिए । गाईलाई चर्न छोडेपछि बा आमा कहिले नफर्केको उनका ६ जना छोराछोरीको भनाई उद्दृत गर्दै सिएनएनले जनाएको छ ।

“जीवनभरी उहाँहरुको बाटो कुरेर बस्यौं” उक्त जोडीकी ७९ वर्षीय जेठी छोरी मर्सेलिनले भनिन, “गीत गाउँदै बिहानपख पहाडतिर लागेका थिए दुबै तर फर्किएनन्” यो नै उनीहरुको अन्तिम भेट भएको उनले बताइन ।

गत साता एकजना कामदारले हिउँले जमेको अवस्थामा उक्त जोडीलाई भेनेको थियो । समुन्द्री सतहबाट १६ सय मिटर माथि रहेको रिसोर्टका मालिक बर्नहार्डका अनुसार टाढाबाट हेर्दा चट्टान जस्तो देखिएपछि नजिक गएर हेर्दा जमेको अवस्थामा उनीहरुको कंकाल भेटिएको हो ।

दोश्रो विश्वयुद्धताका चलनचल्तीमा रहेका लुगा लगाएकै अवस्थामा दुबै जनाको शरीर नजिकै रहेको तस्वीरमा देख्न सकिन्छ

फोरेन्सिक मेडिसिन इन्स्टिच्यूटले उनीहरुको औपचारिक परीक्षण गरेपछि परिवारलाई दुबैको शरीर दिने बताएको छ ।

कमेन्ट गर्नुहोस्