प्रत्याक्रमणको तेश्रो चरणमा माओवादी

नेपालमा माओवादको प्रयोगको शौन्दर्यतालाई बुझ्ने हो भने, माओवादी आन्दोलनलाई मुख्यत ३ खण्डमा अध्ययन गर्नुपर्ने हुन्छ । पहिलो माओवादी आन्दोलनको राष्ट्रिय अन्तराष्ट्रियकरण हुँदै, जनसेना र जनसरकार, ग्रामिण शोषक र सामन्तहरुका किल्लाहरु भत्काउदै जनसत्ता निर्माणसम्मको अवधि ।

रमेश विश्वकर्मा

दोश्रो केन्द्रिय राज्य सत्तासम्मको प्रत्यक्ष संघर्ष, संविधानसभाको चुनाव, संविधान सभाबाट संविधान घोषणा, माओवादी पार्टीको विभाजन हँुदै व्यापक जनसहभागितामा स्थानिय तहको निर्वाचनमार्फत जनसत्ताको वैधानिकता प्राप्त हुँदै माओवादी आन्दोलनको निर्मम पराजयसम्मको अवधि ।

तेश्रो स्थानिय निर्वाचन पश्चातको माओवादी पाटीको विजय पराजयको कठोर समिक्षा सहित आगामी चुनौतीलाई सामना गर्ने राणनीति निर्माणसम्मको पेरिसडाडा भेला जुन माओवादी पार्टीको आन्तरिक भविष्यमा असाध्यै महत्व राख्छ, यो अवधिसम्म । माओवादी पार्टी विचलित हुनुपर्ने कारण नै छैन, माओवादीहरु भयभित हुनुपर्ने कुनै कारण नै छैन । मात्र सबै माओवादी घटकहरुले विवेक लगाउने र आस्थावान पंक्तिले संयमित हुन सक्नुपर्छ ।

माओवादी आन्दोलन देशको बहुआयामिक अवसरको रुपमा परिणत भई सकेको छ, माओवादी नेतृन्व देशको लागि बरदान सावित भई सकेको छ । प्रश्न रह्यो माओवादी आन्दोलन अवसर बन्न सक्ने । माओवादी नेतृत्व बरदान बन्न सक्छ भने माओवादी पार्टी कम्जोर कसरी बन्न सक्छ ? सक्दैन, तर किन बन्यो माओवादीले माओवादी नेतासँग होइन कार्यकर्तासँग होईन जनता समक्ष समिक्षा गर्नुपर्छ ।

नेकपा माओवादी केन्द्रको हेडक्वर्टरले श्रावण २ देखि काठमाण्डौमा सबै जिल्लाका प्रभावसाली नेता र इन्चार्जहरुलाई बोलाएर बैठक गर्दैछ । यो विशेष भेला ऐतिहासिक समयमा हुँदैछ, एकातिर माओवादी जनयुद्धका मुद्धाहरु स्थापित भएका छन् भने अर्कातिर पार्टीले निर्मम हार वेहोर्दा स्वयम् जनतामा निराशा र माओवादी पार्टीका स्थानीय संरचनामा शोक छ । माओवादी नेतृत्व र जिल्ला इन्चार्जहरुको पहिलो चुनौती पार्टी पराजयका कारण निराश भएका जनता शोकमग्न स्थानीय नेता कार्यकर्ताहरुमा ऊर्जा थप्दै स्थानीय पार्टी संरचनालाई चुस्त र बलियो स्थानीय जनताको चाहानामा निर्माण गर्नु हो ।

माओवादी नेतृत्व बरदान बन्न सक्छ भने माओवादी पार्टी कम्जोर कसरी बन्न सक्छ ? सक्दैन, तर किन बन्यो माओवादीले माओवादी नेतासँग होइन कार्यकर्तासँग होईन जनता समक्ष समिक्षा गर्नुपर्छ ।

तत्कालीन समयमा माओवादी यसकारण निरास छ, माओवादीका मुद्धाहरु जनताले अनुमोदन गर्दैगर्दा पार्टी किन हार्यो ? वा जनताले पार्टी र नेतृत्वमाथि किन विश्वास गर्न सकेन ? यो माओवादी पार्टीको केन्द्रीय नेतृत्वको रणनैतिक कम्जोरी र स्थानीय नेतृत्वको जनतासँगको सम्बन्ध स्थापितसँग जोडिएको प्रश्न हो । नेपाली राजनीतिमा अर्को ठुलो चुनौती राष्ट्रियता र सामाजिक सद्भाव माथिको चुनौती रहेको पार्टी र नेतृत्वले के कारण पत्यायो ? गम्भीर समिक्षा यहि निर हुनुपर्छ ।

जनताको चित्त बुझाउने, अवसरवादी राजनीतिको भण्डाफोर गर्दै कार्यकर्ताको भावनालाई सम्बोधन गर्नैपर्ने कारण पनि माओवादी पार्टीका जिल्ला इन्चार्जसहितको पेरिसडाँडा भेला दोश्रो चुनवान वैठक हो । पेरिसडाँडा वैठकले अवशरवादी राजनीतिलाई छिन्न भिन्न पार्न सक्ने रणनितिको विकास गर्न सकोस् । माओवादीको हार हुँदै गर्दा प्रचण्ड नेतृत्वको माओवादीले मात्र होइन मधेशी, दलित, जनजाती, थारु समुदायको हार भएको छ, यो विषयलाई नेपाली समाजमा सामान्यीकरण गर्न सक्नु पर्छ ।

प्रचण्ड नेतृत्वको माओवादीले मात्र होइन मधेशी, दलित, जनजाती, थारु समुदायको हार भएको छ, यो विषयलाई नेपाली समाजमा सामान्यीकरण गर्न सक्नु पर्छ ।

मधेशको राजपादेखि पहाडको नेकपाको हार भएको छ, यसलाई समिक्षाको विषय बनाउन सक्नुपर्छ । स्थानीय निर्वाचनको परिणाम नेपाली समाज, नेपाली राजनीति, राष्ट्रियता र सामाजिक सद्भावका लागि ठूलो चुनौती बन्न सक्नेतिर समिक्षा गर्न सक्नुपर्छ र यो चुनौतीलाई सरल रुपमा सामना गर्ने रणनीति माओवादीले बनाउन सक्नुपर्छ । यो चुनौतीलाई राष्ट्रिय राजनीतिको प्रमुख चुनौतीको रुपमा जनतामा स्थापित गर्न सक्नुपर्छ । यो चुनौतीलाई माओवादीका एजेन्डामा सहमत हुने सबै पक्षको साझा चुनौतीको रुपमा चित्रण गर्न सक्नुपर्छ । यो भेलाले निर्मम रुपमा समाज, पार्टी जनता र नेतृत्वको राजनैतिक दुरुपयोगको गम्भीर र यर्थात समिक्षा गर्ने छ । यही भेलाले निकट भविष्यमा हुन गईरहेका संघिय चुनाव र केन्द्रिय चुनावमा पार्टीको आकार निर्धारण गर्ने छ । यस अर्थमा माओवादीको पेरिसडाँडा वैठक रणनैतिक प्रत्याक्रमणको तेश्रो चरणको रुपमा विकास गर्न सकोस् शुभकामना ।

माओवादी आन्दोलनको यो ऐतिहासिक समयमा बसेको महत्वपूर्ण वैठकमा मुख्यतया स्थानिय तहको पहिलो र दोश्रो चरणका निर्वाचनमा माअ‍ेवादीले भोगेको पराजयका सवालमा व्यापक छलफल हुनेछ, भने बलियो सांगठानिक संरचनाको निर्माण गर्दै र प्रदेश चुनाव र केन्द्रिय चुनावमा माओवादीको निराशालाई शक्तिमा कसरी रुपान्तरण गर्न सकिन्छ भन्ने विषयमा प्रमुखता साथ बहस हुनेछ । पार्टी पराजयमा निराश भएका जनता र शुभेच्छुकहरुमा विश्वास छ नेकपा माओवादी केन्द्रको हेडक्वटर र जिल्लाका व्रेन लिडरहरुले प्रभावकारी रणनीति तयार पार्नेछन, माओवादी पेरिसडाडाबाट पुनर्जागृत हनेछ, नेपाली कम्युनिष्ट आन्दोलनको केन्द्रिय रणनिति माओवादी पार्टीले गर्ने छ ।

जनताको घर दैलोसम्म माओवादीले जनजीविका मुद्धासहित सही सूचना सम्प्रेषण गर्न सक्ने विधिको विकास गर्न सक्नुपर्छ, गोयवल्श राजनीतिका टाउकेहरुलाई सामाजिक बहिस्कार गर्नैपर्छ ।

दोश्रो संविधान सभामा तेश्रो शक्ति बनेको माके, पछिल्लो स्थानीय निर्वाचनको परिणामले माओवादी पार्टीको एजेन्डाहरु जनमोदनद्धारा पारित भएका छन् भने माओवादी पार्टी चुनावी रेशमा नराम्रोसँग पराजित भएको छ । यो वैठकले नराम्रोसँग पछारिएको माओवादी पार्टी र आस्थामान पंक्तिलाई हिलो टकटकाएर अन्तिम तथा निर्णायक संग्राम लड्ने शक्ति दिन सक्नुपर्छ । माओवादी आन्दोलनसँग मन कुँदिएकाहरुलाई ऊर्जा थप्न सक्नुपर्छ माओवादी घटकको एकिकरणको अनिवार्यता प्रष्टयाउन सक्नुपर्छ ।

विदेशीएका पूर्व लडाकुहरुलाई पार्टीमा फेरि आफ्नो आवश्यकता भएको महशुस गराउन सक्नुपर्छ । जनताको घर दैलोसम्म माओवादीले जनजीविका मुद्धासहित सही सूचना सम्प्रेषण गर्न सक्ने विधिको विकास गर्न सक्नुपर्छ, गोयवल्श राजनीतिका टाउकेहरुलाई सामाजिक बहिस्कार गर्नैपर्छ ।

माओवादलाई मण्डलेवाद र धनवादका विरुद्धमा प्रयोग गरौं, भुतपूर्व माओवादीहरुलाई विशेष अपिल सहितको एकता प्रकृया अगाडी बढाआै, सकिन्छ बाबुराम, वैद्य, विप्लवहरुलाई नै एकिकरण प्रकृयामा ल्याऊ सकिँदैन भने कुन तहमा कुरा मिल्छ त्यहिबाट माओवादी एकतालाई अगाडी बढाउ, पहिचान पक्षधर पक्षहरुसँग पनि हात मिलाऊ ।

एमाले जस्तो अवशरवादी राजनितिको नाईकेलाई जनताले स्थानीय चुनावमा किन चुन्यो ? समिक्षा एमालेले कसरी जित्यो भन्ने होईन, माओवादीले कसरी हार्यो ? भन्ने हो, एमाले पंक्तिले एउटै बृद्ध भत्तालाई भजाएर गोयवल्श प्रचारमा जनतालाई भ्रम पार्न सक्दा माओवादीले किन यति ठूलो उपलब्धीको जस लिन सकेन । एमाले पंतिmले समाजमा फिजाएको भ्रामकतालाई एजेन्डै एजेन्डा भएको पार्टी माओवादीले जनताप्रति फिजाएको भ्रमलाई किन निस्तेज गर्न सकेन ? वा टुटफुटको माओवादीलाई जनताले नपत्याएको हो ? आगामी संघीय र केन्द्रीय चुनाव अगावै माओवादी पंतिmले यस्ता प्रश्नहरुको उत्तर लिएर जनताका झुपडीसम्म जान सक्नु पर्छ ।

अब साच्चै एक चोटी माओवादीहरु जाग्नै पर्छ, हामी विजय हुने अभियानमा लाग्ने कि पराजित हुन अभियानमा लाग्ने । माओवादीले मात्र होइन माओवादी जस्तै पहिचान पक्षधरहरु, परिवर्तनका वहाकहरुसँग बिनाहिचकिचाहट एकताको अभियान थाल्नुपर्छ । यसका लागि अहिले चल्दै गरेको भेलाले साहसिक र निर्मम निर्णय लिन सकोस । परिवर्तनका पक्षधरहरुलाई एकाकार गर्ने रणनितिको विकास गर्न सकोस ।

समिक्षाका विषयहरुः

१. गाउँमा नगद कहाँबाट आयोः स्थानीय चुनावका समयमा कर्णालीका प्रत्येक घरमा एकवोरा चामल, पाँच हजार रुपैयाँ, लुगा र जुत्ताहरु गएका छन कहाँबाट गयो ? कस्ले दियो जनतालाई यो बन्दो बस्तिका सामान ? प्रतिनिधि उदाहरण मात्र हो, मधेश, पूर्वीनेपाल र सुदूर पश्चिमका गरिवहरुबाट पैसाको भरमा कस्ले किन्यो भोट ? माओवादी पार्टीले देशैभरीका स्थानीय कमिटीहरुसँग साक्षातकार गरोस् । माओवादी फेरि एक चोटी जनतामा जान सकोस् नेतृत्वले जनतालाई भरोसा र ढाढस दिन सकोस, मताधिकारको महत्वका सवालमा माओवादीले जनतालाई पढाउन सकोस ।

२. जनतासँग माओवादी नेतृत्व, टोल टोलमा सिंहदरवार ः

माओवादी कम्जोर हुनै सक्दैन मात्र जनतासम्म माओवादी नेतृत्व फर्किन सकेको छैन, माओवादीहरुको पुनः आह्वानमा जनता आशा र भरोसाका साथ फर्किने छन । अब माओवादी नेतृत्व जनताको आँगनसम्म जान सक्ने रणनीति बनोस्, पार्टी योगदानका उपलब्धिहरु जनतालाई बुझाउन सकोस । टोल टोलमा गएको सिंहदरवारको स्वामित्व लिन सकोस् । स्थानीय तह जस्ले जिते पनि माअ‍ेवादीको एजेन्डामा कसैले मनपरी गर्नेहरुलाई खबरदारी गर्ने रणनीतिको विकास गरोस् ।

३. एकिकरण पहलः माओवादको आत्मालाई बचाउदै नेपाली समाजको आवश्यकतामा आधारित माओवादको विकास र प्रयोगमा लागांै । जनताको आवश्यकतामा आधारित पार्टीको विकास गरौ । माओवादलाई मण्डलेवाद र धनवादका विरुद्धमा प्रयोग गरौं, भुतपूर्व माओवादीहरुलाई विशेष अपिल सहितको एकता प्रकृया अगाडी बढाआंै, सकिन्छ बाबुराम, वैद्य, विप्लवहरुलाई नै एकिकरण प्रकृयामा ल्याऊ सकिँदैन भने कुन तहमा कुरा मिल्छ त्यहिबाट माओवादी एकतालाई अगाडी बढाउ, पहिचान पक्षधर पक्षहरुसँग पनि हात मिलाऊ ।

४. आधरभुत जनतालाई जोडौः माओवादीसँग रुष्ट हुनेहरु अवशरवादीभन्दा अरु कोही होइन, आधारभूत नेपाली जनता माओवादीप्रति विश्वस्त छन् । यिनिहरुको विश्वासलाई कायम राख्न सक्ने पार्टीनीति बनोस नेतृत्वले विशेष ध्यान देओस । दलित मधेशी थारु जनजातीका सवालमा ऐतिहासिक राजनीतिक अवशरको अभियान चलाउ ।

५. वौद्धिक जमातको रक्षा गरौः बन्दुकको युद्धभन्दा कलमको युद्ध बडो गाह्रो हुन्छ, त्यसै माओवादीले बन्दुकले जित्न सक्यो तर कलमी युद्ध जित्न सकेन त्यसैले वौद्धिक व्याक्तिलाई पार्टीमा जोडौ, भएका बौद्धिक जमातको पार्टीले रक्षा गरोस ।

६. स्थानिय नेतृत्वलाई फेरौ :  माओवादी पार्टीको स्थानीयि नेतृत्व त्यति परिपक्क र सक्षम छ कि छैन, स्थानीय जनताको भावना अनुसारको काम गर्न सक्छ कि सक्दैन, जनतासँगै बसेर स्थानीय नेतृत्वको समिक्षा गरौ । कुशल नेतृत्वको विकास गरौ, आवश्यकताका आधारमा स्थानिय नेतृत्व फेरौ ।

७. आधार ईलाका निर्माणमा पुनःजुटौ : माओवादी पार्टीले पुनः आधार इलाकाहरु निर्माण गर्न जरुरी छ भन्ने कुरा स्थानीय चुनावमा माओवादी पार्टीका आधार इलाकाहरु भत्किदा प्रष्ट भयो, यी आधार ईलाकाहरुको पुनःर्निर्माण गरौ, करिव ४५० वटा स्थानिय निकायलाई आउँदो स्थानीय चुनावलाई लक्षित गर्दै विशेष आधारका रुपमा विकास गरौ ।

८. पार्टी गुटलाई निष्तेज गरौः माओवादी पार्टीमा देखिएको गुट उपगुटहरु बडो नराम्रोसँग बाह्य राजनीतिलाई फाईदा हुने गरी प्रयोग भएका छन, यी गुटका नाईकेलाई पार्टी कार्यकर्ताले चिनौ र सार्वजनिक वहिस्कार गराैं ।

यी सवालमा माओवादी पाटीले समिक्षा गरोस, रणनीति निर्माणका सवालमा यो वैठक दोश्रो चुनवान बनोस्, राजनैतिक अवशरवादको अन्त्यको लागि कोषेढुंगा बनोस्, रणनैतिक प्रत्याक्रमणको तेश्रो चरण मुख्यतः दलाल राष्ट्रवादको विरुद्ध बनोस, सामाजिक सभावकालाई खलल पार्नेका विरुद्ध बनोस, गोयवल्श प्रवृतिका विरुद्ध बनोस ।
धन्यवाद !

कमेन्ट गर्नुहोस्