लागुऔषधीसहित सात जना प्रहरी फन्दामा

हेटौडा, साउन ४ ।अवैध लागूऔषध चरेससहित सशस्त्र प्रहरी बल वेसक्याम्प हेटौडाले आज चारजना भारतीयसहित ७ जनालाई पक्राउ गरेको छ ।

प्लास्टिकको ३० वटा पाकेटमा प्याक गरेर झोलामा लुकाएर ल्याएको अवस्थामा चरेस व्यापारी भारत मजफपुरका ३८ वर्षीय रन्जित सिंह, निर्भय सिंह, मुकेश सर्राव, कलावती साह, रौतहटी राजपुरकी ताल्मा खातुन र मकवानपुर थाहा नपा ७ का भरिया १८ वर्षीय विक्रम स्याङतान र हिरा स्याङतानको साथबाट ३० केजी चरेस एक भारतीय गाडी, ६ थान मोबाइल र ३३ हजार भारतीय नोट सहित बरामद गरेको गरिएको जनाइएको छ ।

चरेस व्यापारी सिंह सहित पाँचजना हेटौडाको एक होटलबाट पक्राउ परेको सशस्त्र प्रहरी बल वेसक्याम्पका प्रहरी नायव उपरीक्षक त्रिभुवन विष्टले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्